काठमाडौं- बागलुङ कालिका मन्दिर परिसरमा क्यूआर कोडमार्फत भुक्तानी सुरु भएको छ। प्रभु बैंक बागलुङ शाखाले मन्दिरलाई क्यूआर कोड उपलब्ध गराएको हो।
क्यूआर कोड हस्तान्तरण गर्दै नेपाल राष्ट्र बैंकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख डा रामशरण खरेलले नोटको सुरक्षा, भेटी तथा सहयोग रकमको पारदर्शिता र असहज परिस्थितिमा भक्तजनको सहजताका लागि क्यूआर कोड सहयोगी बन्ने बताए।
मन्दिर र चाडपर्वका बेला नोटको प्रयोग हुँदा भिज्ने, च्यातिने, रङहरू लाग्नेलगायत समस्या हुने गरेको भन्दै उनले नोट छपाइमा लाग्ने राज्यको खर्च जोगाउन प्रविधि सहयोगी बन्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।