• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
गाउँका सिंहदरबार

भरतपुरमा रेणु दाहालका पाँच वर्ष : पहिलो वर्ष रेलदेखि जलमार्गसम्मका ‘सपना’, अन्तिम वर्ष आफ्नै योजना गायब

64x64
युवराज भट्टराई आइतबार, चैत ६, २०७८  ०८:३०
1140x725

काठमाडौं– भरतपुर महानगरपालिकाको मेयरमा विजयी भएपछि रेणु दाहालले पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भनेकी थिईन्, ‘नगर्ने कुरा नभन्ने र भनेका कुराहरु गर्ने।’

मेयरमा विजयी भएपछि दाहालले २०७४ पुस २१ मा सार्वजनिक गरेको पहिलो नीति तथा कार्यक्रममा नौ वटा दीर्घकालीन योजना थिए, जसबाट महानगरपालिकाको मुहार फेरिने अपेक्षा गर्न सकिन्थ्यो। महानगरमा रिङरोड र लिङ्करोड निर्माण, केरुङदेखि ठोरीसम्म रेलमार्ग सञ्चालन, भरतपुरलाई छिमेकी नगरपालिकासँग जोड्न नारायणी नदीमा तीन वटा पक्की पुल, देवघाटदेखि मौलाकालिकासम्म केबुलकार निर्माण, देवघाटदेखि त्रिवेणीसम्म पर्यटकीय जलमार्ग सञ्चालनजस्ता योजना उनले सार्वजनिक गरेकी थिइन्। नगरभित्रको सुकुम्बासी समस्यालाई समाधान गर्ने, मुख्य आर्यस्रोतको माध्यम कृषिलाई प्रवर्द्धन गर्न कृषि पाठशाला बनाउनेलगायत योजना पनि उनले प्रस्तुत गरेकी थिइन्।

तर, पाँच वर्षपछि गत पुस ८ गतेको १०औँ नगरसभामा दाहालले नै पेश गरेको नीति तथा कार्यक्रममा यी कुनै पनि दीर्घकालीन योजना परेका छैनन्। नगरसभापछिको पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकाल सुरु भएयता लागू गरेका पूर्वाधार र सामाजिक क्षेत्रका ५० वटा आयोजनाबारे जानकारी दिएकी थिइन्।

पत्रकार सम्मेलनमा दाहालले आफू मेयर भएपछि दीर्घकालीन योजनासँगै आर्थिक, सामाजिक, पूर्वाधार विकास, सुशासनलगायतका कार्यक्रम र भएका प्रगति पनि सार्वजनिक गरेकी थिइन्। उनको कार्यकाल सकिन लाग्दा पहिलो नीति तथा कार्यक्रममा प्रस्तुत गरेकामध्ये दीर्घकालीनबाहेकका केही आयोजना मात्र सुरु भएका छन्, तर गति लिन सकेका छैनन्।

महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले दीर्घकालीन योजना कार्यान्वयन नहुनुमा संघीय सरकारको अस्थिरता कारक भएको बताए। ‘रेल बनाउने कुरा केपी ओलीलाई सोध्नुस्, केपी ओलीले हो गफ लगाएको,’ उनी भन्छन्, ‘पुल बनाउने कुरा पनि तत्कालीन सरकारले भनेको हो। नारायणी नदीमा तीन वटा पुल हाल्न महानगरले सम्भव छ? यसमा हामीले संघीय सरकारसँग पहल गरेर काम गर्ने योजना थियो। तर, संघीय सरकारमा नेतृत्व परिवर्तन हुँदा यी कामहरु योजनाअनुरुप भएनन्।’

यस्ता थिए नौ दीर्घकालीन योजना
दाहालले मेयर निर्वाचित भएको वर्ष नीति तथा कार्यक्रममा राखेका नौ वटा दीर्घकालीन योजना पछिल्लो कार्यक्रममा समावेश छैनन्। जबकि, ती आयोजना सुरुसमेत भएका छैनन्। दाहालले भरतपुरमा महानगरपालिकामा ९५ किलोमिटर लामो रिङरोड बनाउने घोषणा गरेकी थिइन्। त्यसैगरी पूर्व–पश्चिम, उत्तर–दक्षिण जोड्ने लिङ्करोड निर्माण गरिने पनि जनाएकी थिइन्। महानगरलाई छिमेकी नगरपालिकासँग जोड्न नारायणी नदीमा कम्तीमा तीन वटा पक्की पुल निर्माण गर्न संघीय सरकारसमक्ष पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख थियो।

केरुङ–ठोरी रेलमार्ग सञ्चालनका लागि संघीय सरकार समक्ष पहल गर्ने र आवश्यक सहकार्य गर्ने, देवघाट–मौलिकालिका केबुलकार निर्माण गरी धार्मिक तथा सांस्कृतिक पर्यटनको विकास गर्ने, पूर्व–पश्चिम रेलमार्ग सञ्चालन गरी महानगरलाई व्यापारिक हबको रुपमा विकास गर्ने योजना पनि समावेश थिए। देवघाटदेखि त्रिवेणीसम्म पर्यटकीय जलमार्ग सञ्चालन गर्ने जनाइएको थियो। 

नारायणी र राप्ती नदीको तटबन्धसहित नदी किनारलाई अन्य पर्यटकीय पूर्वाधारसँग आबद्ध गर्ने, मिडिया एकेडेमीका लागि आवश्यक जग्गा उपलब्ध गराउन विशेष पहल र सहजीकरण गर्ने, कृषि कार्यलाई सहज पहुँचमा पुर्‍याउन कृषि पाठशाला स्थापना गर्ने र नारायणी नदी निकारमा सार्वजनिक नीजि साझेदारीमा अन्तराष्ट्रियस्तरको पार्क तथा मनोरञ्जनस्थल निर्माण गर्ने दीर्घकालीन योजनाहरु सार्वजनिक गरिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

गत पुस २१ गते भरतपुर महानगरपालिकाको १०औं नगरसभापछिको पत्रकार सम्मेलनमा मेयर दाहालले पूर्वाधार र सामाजिक क्षेत्रका ५० वटा आयोजनाहरुमा काम भएको जनाइन्। तर, यी आयोजनामा उनले पहिलो नीति तथा कार्यक्रममा उल्लेख गरेका दीर्घकालीन योजना भने समावेश छैनन्।

दाहालले आफ्नो कार्यकालमा महानगरभित्र ६१० किलोमिटर सडक कालोपत्रे र ४५० किलोमिटर सडक ग्राभेल गर्ने ‘उल्लेखनीय काम’ गरेको दाबी गरेकी छिन्। महानगरका प्रवक्ता भण्डारीले दीर्घकालीन काम गर्न महानगरको स्तरबाट संभव नभएको बताए। उनले भने, ‘त्यति बेलाको सरकारसँग दीर्घकालीन योजनामा सहकार्य गर्ने कुरा थियो। तर, अहिले त्यो सरकार छैन। नढाँटीभन्दा अबको दुई महिनामा तीन काम गर्न सम्भव छैन।’

बनेन ल्याण्डफिल्ड साइट
हरेक नगरका लागि मुख्य समस्या फोहोर व्यवस्थापनको हुन्छ। यो समस्यालाई सम्बोधन गर्न भरतपुर महानगरपालिकाले आफ्नै ल्याण्डफिल्ड साइट बनाउने कार्यक्रम अघि सारेको थियो। महानगरले नेपाल सरकारबाट भोगाधिकार पाएको वडा न. २ मा रहेको १५ बिगाहा जग्गामा आधुनिक ल्याण्डफिल्ड साइट निर्माण गर्ने योजना ल्याएको थियो। उक्त ल्याण्डफिल्ड साइटमा फोहोरबाट उर्जा कार्यक्रम परियोजना पनि सञ्चालन गर्ने कार्यक्रम थियो। 

तर, ल्याण्डफिल्ड साइट निर्माणका लागि डीपीआर बनाउनेबाहेक अन्य काम भएन। महानगरले ‘सुबोचन’ नामक कोरियन कम्पनीसँग ल्याण्डफिल्ड निर्माणका लागि सम्झौता गरेको प्रवक्ता भण्डारी बताउँछन्। ‘जीटुजी’ प्रक्रियाअनुसार कोरियन सरकार र नेपाल सरकारबीच सम्झौता गरेर निर्माणको कामलाई अघि बढाउने योजना थियो। यद्यपि, कोरोना महामारीका कारण काममा ढिलासुस्ती भएको उनको भनाइ छ।

Xtrem

Xtrem

‘कोरोनाका कारण केही ढिला भयो,’ भण्डारी भन्छन्, ‘कोरियाली निर्माण कम्पनीले कति फोहोर दैनिक आउँछ, त्यसको सर्वेक्षण गरेर मात्रै काम अघि बढाउने भनेको छ। उनीहरुले एक वर्ष त सर्बे गर्नै लगाएका छन्। निर्माणका लागि सबै तयारी भएको छ। अब काम सुरु हुन मात्रै बाँकी छ।’

सुकुम्बासी समस्या भएन समाधान
भरतपुर महानगरलाई सुकुम्बासीविहीन बनाउने महत्वकांक्षी योजना मेयर दाहालले अघि सारेकी थिइन्। जंगल र खोला भएको ठाउँमा सुकुम्बासी समस्या समाधान गर्न असहज भएकोले यो कार्यक्रम गर्न नसकिएको प्रवक्ता भण्डारी बताउँछन्। ‘जुन ठाउँमा जंगल र खोला छ, त्यहाँ सुकुम्बासी हुने रहेछन्,’ भण्डारी भन्छन्, ‘अहिले आफूलाई सुकुम्बासी भनेर १० कट्ठा जग्गा पाउने र तीन वर्षपछि त्यो जग्गा बेचेर फेरि सुकुम्बासी हुनेहरु छन्। सुकुम्बासी र हुकुम्बासीमा ओहोरदोहोर हुने चलन बढी छ। हामी यसलाई समाधान गर्ने प्रक्रियामा छौं।’

सुकुम्बासी समस्या समाधान गर्न महानगर क्रियाशील रहे पनि पूर्णरूपमा समाधान गर्न गाह्रो रहेको उनको भनाइ छ। सुकुम्बासीलाई जग्गा दिने र समस्या समाधान गर्ने विषय कहिल्यै नसकिने समस्या भएको उनले बताए। ‘जति जग्गा दिए पनि फेरि सुकुम्बासीहरु देखिन्छन्,’ उनले भने।

पूर्वाधार र यातायातका काम अधुरै
महानगरले यातायात र पूर्वाधारका विषयमा पनि थुप्रै कार्यक्रम अघि सारेको थियो। पाँच वर्ष सकिन लाग्दा ती काम पूरा भएका छैनन्। 

भरतपुर महानगरपालिकाभित्र तीन ठाउँमा आकाशे पुल राख्ने योजना २०७४ मै सार्वजनिक गरिएको थियो। तर, एउटा आकाशे पुल पनि बनेको छैन। सडक निर्माणको काम जारी भएकाले आकाशे पुल नराखिएको प्रवक्ता भण्डारी बताउँछन्। उनी भन्छन्, ‘आकाशे पुलका लागि गुरुयोजना बनेको छ। तर, काठमाडौं कलंकीको पुलजस्तै बनाएर भत्काउने पक्षका मान्छे हामी होइनौं। बाइपास रोडमा आकाशे पुल राख्ने भनेका थियौं। कोरोनाका कारण सडक निर्माणकै काम अलि ढिलो भएकाले आकाशे पुलको काममा ढिलो भएको छ।’

त्यस्तै, महानगर क्षेत्रभित्र सीसीटीभी क्यामेरा जडान गर्ने र ट्राफिक लाइट व्यवस्थापनको काम पनि पूरा भएको छैन। प्रवक्ता भण्डारीका अनुसार जडान भएका सीसीटीभी क्यामेरा चोरी भएका छन्। उनी भन्छन्, ‘एक लट सीसीक्यामेरा जडान गरेका थियौं। तर, यो चोरको दुस्मन रहेछ। त्यसैले चोरले पहिले सीसीक्यामेरा चोर्ने र पछि अरु कुरा चोर्ने गर्दो रहेछ। पहिलो लटमा राखेका सीसीक्यामेराहरु चोरिएकाले यो योजना कार्यान्वयन भएको देखिएन।’

त्यस्तै, भरतपुरका मुख्य चोकहरुमा ट्राफिक लाइट राख्ने काम पनि पूरा भएको छैन। भण्डारीका अनुसार यसको कारण पनि सडक विस्तार र निर्माणमा भएको ढिलाइ नै हो। महानगरले पहिलो निति तथा कार्यक्रममा चार वर्षअघि सडकमा ‘स्मार्ट लाइट’ जडानको योजना अघि सारेको थियो। ट्राफिक लाइटको विकल्पका रुपमा भित्री सडकहरुमा यो कार्यक्रम लागु गरिने प्रवक्ता भण्डारी बताउँछन्।

उनी भन्छन्, ‘स्मार्ट लाइट निर्माणका लागि दुई अर्ब रुपैयाँको योजना घोषणा हुँदैछ। अहिले जहाँ सडक विस्तार भएको छैन, त्यहाँ स्मार्ट लाइट राख्ने कार्यक्रम ल्याउँदैछौं। निर्माण भइरहेका सडकको काम सकिएपछि त्यहाँ पनि स्मार्ट लाइट जडान गरिनेछ।’

केही योजनामा आंशिक प्रगति
केही कार्यक्रमहरुमा भने महानगरले आंशिक प्रगति गरेको छ। ‘एक वडा एक उद्यान,’ ‘एक वडा एक पोखरी’ जस्ता पूर्वाधारका योजना र ‘जेष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र’जस्ता सामाजिक विकासमा महानगरले प्रगति हासिल गरेको छ। प्रवक्ता भण्डारी दीर्घकालीन योजनाबाहेकका काममा उल्लेखनीय प्रगति भएको बताउँछन्। 

महानगरले वडा न. ६ को लक्ष्मीनारायण मन्दिर क्षेत्रलाई पार्क र पोखरी बनाएर पर्यटकीय क्षेत्र बनाएको छ। त्यस्तै, वडा न. १९ मा रानीपोखरी, वडा न. २४ मा देवीस्थान पार्कलगायतका उद्यानहरुको निर्माण तथा व्यवस्थापन गरिएको भण्डारी बताउँछन्। ‘एक वडा एक खेल मैदानको सोचले हामीले हरेक वडामा कार्यक्रम संचालन गरिरहेका छौं,’ उनले भने। 

वडा नं. १० मा जेष्ठ नागरिक मिलन केन्द्रको स्थापना गरिएको छ। त्यस्तै, महानगरमा ६० वर्षमाथिका नागरिकका लागि अस्पतालमा निशुल्क ओपीडी टिकटको पनि व्यवस्था गरेको प्रवक्ता भण्डारी बताउँछन्। 

महानगरले प्रस्ताव गरेको कागजविहीन कार्यालयको कार्यक्रम ७० प्रतिशतसम्म लागू भएको भण्डारीले बताए। इन्टरनेटकै माध्यमबाट कर तिर्नेदेखि घरको नक्सा पास गर्नका लागि दिइने निवेदन दर्ता, सुझाव संकलन तथा सूचना सार्वजनिकीकरणलगायतका काम डिजिटल रुपमा हुने गरेको छ। 

त्यस्तै, महानगरमा ‘वान रोड वान स्वीच’ कार्यक्रम पनि कार्यान्वयन भएको छ। विशेषगरी महानगरको वडा नं. १० का र मूल सडकहरुमा यो आयोजना कार्यान्वयन गरिएको छ। 

कृषिमा आधुनिकीकरणका लागि महानगरले कृषकहरुलाई धान रोप्ने मेसिनदेखि ट्याक्टरसम्म वितरण गरेको छ। प्रवक्ता भण्डारी भन्छन्, ‘हामीले ट्याक्टर, धान रोप्ने मेसिन, बोरिङजस्ता आधुनिक उपकरणहरु वितरण गरेका छौं। धेरै नहोला, तर उल्लेख्य संख्यामा वितरण भएको छ। सबैलाई दिन नसकेपछि सांकेतिक रुपमा वितरण गरेका हौं।’

संघीय प्रणाली र स्थानीय सरकारको व्यवस्थापनसँगै कार्यक्रम र योजनाहरु नयाँ भएकाले सिक्दै काम गर्दा पूर्ण रुपमा योजना लागू हुन नसकेको भण्डारीको भनाइ छ। उनी भन्छन्, ‘हामी निर्वाचित भएर आएपछि केही समय सिक्नमै खर्च भयो। बिस्तारै कामहरु अघि बढेका छन्। सिकेपछि काम गर्दै जाँदा गति पनि बढ्दै गयो।’

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  ०८:३०
  • #स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार बसेको केन्द्रीय समिति बैठकका निर्णयहरू सुनाउँदै पार्टीका प्रवक्ता जगदीश खरेलले असोज २० गतेदेखि ‘हामी आउँदै छौँ’ अभियान सञ्चाल... शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म के.सी. र सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मा मनोनयनमा परेका छ... शनिबार, असोज १७, २०८३
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ आइतबार २ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। कांग्रेसले महाधिवेशन स्... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्