• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

नेताहरु पढ्दै पढ्दैनन् : प्रदीप नेपाल

64x64
नेपाल लाइभ शुक्रबार, असोज २०, २०७४  ०५:५९
1140x725

एमालेका पोटिलब्युरो सदस्य समेत रहेका प्रदीप नेपाल अध्ययनशील नेताहरुमा पर्छन्। पछिल्लो समय सक्रिय राजनीतिमा कमै मात्रै देखिएका उनी बर्सेनि जसो पुस्तक प्रकाशित गरिरहेका छन्। उनी समसामयिक राजनीतिक विषयमा पत्रिकाहरुमा स्तम्भ पनि लेखिरहन्छन्। उनै नेता तथा साहित्यकार प्रदीप नेपालसँग नेताहरुको अध्ययन संस्कृतिको विषयमा किशोर दहालले गरेको कुराकानीः

पुस्तकहरुको सम्पर्कमा कहिलेदेखि पुग्नुभयो?

म भोजपुरको विद्योदय हाइस्कुलमा कक्षा ९ मा भर्ना भएपछि बाहिरी पुस्तकको सम्पर्कमा पुगें। त्यहाँ एउटा पुस्तकालय थियो। धेरैजसो नेपालीमा अनुवाद भएका बंगाली लेखकका पुस्तक उपलब्ध थिए। तिनलाई खुब पढें। हिन्दी लेखकका पुस्तकहरु पनि थिए। प्रेमचन्द्रका कथाहरु मैले त्यहीँ पढ्न सुरु गरेको हुँ।

पुस्तकमा सामान्य मानिसको चरित्र झल्कने कथाहरु हुन्थे। त्यस्तै पढिन्थ्यो। प्रेमचन्दले समाजका तल्लो वर्गका मानिसबारे लेख्ने हुनाले उनका पुस्तकले बढी छुन्थे।

नेपालीमा चाहिँ म रमेश विकललाई कथागुरु नै भन्छु। उनको ‘फुटपाथ मिनिस्टर’ कथा पढेपछि नै मैले कथा भनेको हामीजस्तै मान्छेको जीवनलाई लेख्नु रहेछ भन्ने बुझ्न थालें।

पुस्तक पढ्ने नसा लागिसकेको कहिलेदेखि महसुस हुनथाल्यो?

०२६ सालमा काठमाडौं आएपछि आफूलाई पुस्तकको नसा लागेको महसुस गरें। त्यतिबेला म लाइब्रेरी खोजीखोजी हिँड्थें। त्यही समयमा हिन्दीमा अनुवाद भएका किताबहरु निकै पढें। चेखब, म्याक्सिम गोर्कीहरुलाई त्यही बेला पढेको हो।

कम्युनिस्ट दर्शनतिर कसरी आकर्षित हुनुभयो?

Ncell 2
Ncell 2
nimb
nimb

मेरो साहित्यको फाँट नै सीमान्तकृतहरुतिर गयो। अनुवादहरु पनि त्यस्तैत्यस्तै पढ्न पाएँ। जस्तो गोर्कीको ‘आमा’।

मैले पढेका पुस्तकहरुमा तल्लो वर्गका मानिसका चित्र पाइन्थ्यो। स्वभाविक हो, जुन क्षेत्रका पुस्तकहरु पढ्दै गइन्छ, त्यतैतिर रुची बढ्दै जान्छ।

काठमाडौं आएपछि त्यस्तै साथीहरुको संगत भयो। म त्रिचन्द्र कलेज पढ्थें। त्यतिबेला राजनीति भनेकै विद्यार्थी राजनीति थियो। साथीहरुसँगै लागेर म पनि अनेरास्ववियुतिर लागें। 

म धेरै नबुझ्दै विद्यार्थी राजनीतिमा लागें। ०२६ साल वैशाखमा आएर त्रिचन्द्रमा भर्ना भएँ, साउनमा एउटा विद्यार्थी आन्दोलन भयो। पुलिसले समातेर दुःख दियो। कुट्यो पनि।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

म सानैदेखि प्रतिक्रियात्मक थिएँ। कसैले अन्याय गर्‍यो भने सहन्न थिएँ। कुट्ने शिक्षकसँग पनि पढ्दिन थिएँ। पुलिसले कुटेपछि ममा त्यसको कारणबारे प्रश्न उब्जियो। त्यसको खोजी गर्न थालें। खासमा वामपन्थी भएकाले कुटेको रहेछ। तर, त्यतिबेला मलाई वामपन्थी, दक्षिणपन्थी केही थाहा थिएन। म त भोजपुरबाट आएको सोझो युवक थिएँ।

मेरो गाउँमा सबैजसो कांग्रेस थिए। मेरो सपना पनि राजनीति गर्ने थिएन। म त पढ्छु र कुनै हाइस्कुलको हेडमास्टर बन्छु भन्ने थियो। 

पुलिसको कुटाइका कारण पनि राजनीति गर्नुपर्छ भन्ने भयो। त्यही प्रतिज्ञा गरेर दशैं मान्न घर गएँ। घर गएपछि पुलिस इन्स्पेक्टरले बोलाएर तुरुन्त काठमाडौं फर्कन भने। खासमा गाउँमा बुवाको इज्जत राम्रो थियो, त्यसैले उसले थुन्नुभन्दा काठमाडौं फर्कन सुझाव दिएको थियो।

अनि म टीका लगाएर काठमाडौं फर्किएँ।

म आक्रोशित भएको थिएँ। काठमाडौं आएर साथीहरुलाई घटना सुनाएँ। अनि साथीहरुले कम्युनिस्ट बन्न सल्लाह दिन थाले। उनीहरुले नै कम्युनिस्ट पार्टीको परिचय गराउन थाले। त्यतैतिर आकर्षित हुन थालें। पढ्न थालें।

काठमाडौंमा पुस्तकहरु कसरी उपलब्ध हुन्थ्यो?

त्यतिबेला यहाँ प्रशस्तै लाइब्रेरी थिए। नेपाल–भारत मैत्री संघको पुस्तकालय, नेपाल–चीन मैत्री संघको पुस्तकालय, नेपाल–सोभियत मैत्री संघको पुस्तकालय थियो। अमेरिकन लाइब्रेरी, ब्रिटिस लाइब्रेरी पनि थियो। अरु पनि धेरै पुस्तकालय थिए। पठन संस्कृति र पठन सुविधा त्यतिबेला धेरै थियो। अहिले छैन।

अहिलेका नयाँ कम्युनिस्ट नेताहरुमा अध्ययन संस्कृति कस्तो पाउनुहुन्छ?

अहिले निकै कमले मात्रै पढ्छन्। पढ्दै पढ्दैनन् भने पनि हुन्छ। हाम्रै नेताहरुले पनि पढ्दैनन्। हामीले जति बुझ्यौं, त्यही नै सत्य हो भन्ने भ्रममा छन्। नेताले नै नपढेपछि कार्यकर्ताले पनि पढ्दैनन्। अनि नेताको भाषण कार्यकर्ताले सुन्छन्, त्यसैलाई दोेहोर्‍याउँछन्। भाषणको राजनीति खै कति पो टिक्ला र?

आफूले नपढेपछि आफूभन्दा ठूला नेताले भनेका कुरालाई अन्तिम सत्य मान्ने प्रवृत्ति स्वभाविक नै हुन्छ। अहिले भइरहेको त्यही हो। एउटा नेताले जे बोल्छ, बाँकीले त्यसैलाई दोहोर्‍याउँछन्।

मलाईचाहिँ सुरुदेखि नै आफ्नो स्वतन्त्र अस्तित्व जोगाउनुपर्छ भन्ने लाग्थ्यो। त्यसैले अध्ययन गर्थें। मलाई अन्तिम दिनसम्म पनि, जाँदाजाँदै पनि दुई पेज भए पनि पढ्न पाइयोस् भन्ने लाग्छ।

एमालेभित्रैका नेताहरुमा अध्ययन संस्कृति कस्तो पाउनुहुन्छ?

छैन। पटक्कै छैन। हाम्रो केन्द्रीय कमिटिमा मुस्किलले १०–१५ जना अध्ययन गर्ने बानी भएका नेताहरु होलान्। जबकि, झन्डै २ सय जनाको केन्द्रीय कमिटि छ। अध्यक्ष र महासचिवले भाषण गरेको भनेर राजनीति गर्नेहरु धेरै छन्।

तपाईंलाई भेट्ने भर्खर राजनीति गर्दै गरेका युवा नेताहरुले अध्ययनबारे कुनै छलफल गर्छन्? कुनै वौद्धिक बहस गर्छन्?

गर्दैनन्। मसँग त्यस्तो अनुभव छैन।

तपाईंले त अध्ययन गर्नुपर्छ भनेर आग्रह गर्नुहुन्छ होला नि?

म सबैलाई भन्छु। कतिले तपाईंको पुस्तक पढेर म यतातिर लागेको भन्छन्। म उनीहरुलाई अझै पढ्न भन्छु। पढ्न र त्यसलाई लागू गर्ने कोसिस गर्न आग्रह गर्छु। तर, समग्रमा हेर्दा अध्ययनको मामलामा म निराशाजनक अवस्था देख्छु। मैले अध्ययन गर्नुपर्छ, जान्नुपर्छ, बुझ्नुपर्छ भनेर त व्यक्ति स्वयंलाई भित्रैदेखि महसुस हुनुपर्छ। शिक्षकले जस्तो सिर्कना लगाएर पढाउने कुरा हुँदैन।

अध्ययनशील नभए पनि नेता हुन सकिन्छ भन्ने चलन कसरी विकास हुन थाल्यो?

त्यो त म भन्न सक्दिनँ। तर, मचाहिँ पढेरै नेता भएको हुँ। मलाई सुरुवातमै एकजना साथीले एक दर्जन पुस्तक दिएर पढ्न भन्नु भएको थियो। उहाँको नाम महेश भट्टराई हो। उहाँले नै मलाई ०२७ सालमा पार्टी सदस्यता दिनुभएको थियो।
मलाई के महसुस हुन्थ्यो भने, पुस्तक नपढीकन केही जान्न सकिन्न। 

जनतामा पनि अध्ययन गर्ने बानी नभएका नेताहरुको स्वीकार्यता किन बढ्दै गयो?

यो समाजको क्षयीकरण गर्ने गन्तव्य तर्फको यात्रा हो। यसरी समाज बलियो बन्दैन।

कांग्रेस पढ्दै नपढ्ने जात हो। त्यसका कतिपय कार्यकर्तालाई विश्वेश्वरप्रसाद कोइराला को हो भन्ने नै थाहा हुन्न। बिपी भनियो भने चाहिँ चिन्लान् कि! विश्वेश्वरप्रसाद कोइराला सुरुमा समाजवादी थिए भनियो भने अहिले कांग्रेसको केन्द्रीय कमिटिका कतिपय नेताले नै मान्दैनन्। 

एमालेमा कम्तिमा मार्क्सवादबारे सामान्य ज्ञान सबैमा हुन्छ। पर्याप्त नभए पनि सामान्य सिद्धान्त जान्दछन्। तर, गहिराइमा गएर चिरफार गरेर पढ्ने बानी हाम्रोमा पनि छैन।
अरु कुनै पार्टीमा पढ्ने संस्कृति छैन। ढुक्क भए हुन्छ। अध्ययनमा माओवादी पनि ‘जिरो’ हो।

नेताहरुले अध्ययन गर्न छाडेपछि सैद्धान्तिक बहस हुँदैन। त्यसैले सबै पार्टीहरु उस्तैउस्तै देखिन थालेका छन्। यो पार्टीहरुको सिद्धान्त मरेको समय हो।

तपाई २०–२५ वर्षको युवा हुँदाखेरि यो देश कस्तो हुनेछ भन्ने सपना देख्नुहुन्थ्यो?

त्यतिखेर सबैले खान र लाउन पाउँछन्, सबैले काम गर्नुपर्छ भन्ने लाग्थ्यो। पार्टी बनाउने, पार्टीले जनताको काम गर्ने भन्ने सोचिन्थ्यो। 

अहिले त पद पाउने, मन्त्री हुने सपना पो देखिन थालेको छ। किन? 

अहिले त सिद्धान्त मर्‍यो। कुनै खास पार्टीमा मात्रै होइन, सबै पार्टीमा त्यस्तो देखिन थाल्यो।

प्रकाशित मिति: शुक्रबार, असोज २०, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्