काठमाडौं– कोकाकोला नेपालले थप स्वादसहित नयाँँ कोकाकोला जिरो सुगर बजारमा ल्याएको छ। आइकोनिक क्लासिक कोकजस्तै स्वादको नयाँँ कोकाकोला जिरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
नेपाली उपभोक्ताले नो क्यालोरी र जिरो सुगर कोकाकोलाको स्वाद लिन सक्नेछन्। बृहत् बजार परीक्षणमार्फत उत्पादित कोकाकोला जिरो सुगर थप उत्कृष्ट प्याकेजिङ र स्वादसहित नेपाली बजारमा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ।
नो सुगर पेय पदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मानिसका लागि जिरो सुगर उपयुक्त रहेको कम्पनीको दाबी छ। सन् २००५ मा विश्वव्यापी लन्च गरिएको कोकाकोला जिरो सुगरलाई थप स्वाद पस्किन सन् २०१७ मा रिफर्मुलेट गरिएको थियो । नेपालमा यो २०१६ नोभेम्बरमा पहिलोपल्ट लन्च भएको थियो ।
कोकाकोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘उपभोक्ताको चाहना र आवश्यकताअनुसारको उत्पादन बजारमा ल्याइरहेका छौं । नयाँ स्वाद र प्याकेजिङसहितको कोकाकोला जिरो सुगरलाई विश्वभरकै उपभोक्ताले मन पराइसकेका छन् । यसलाई नेपालमा पनि उपलब्ध गराएका हौं ।’
बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले व्यस्त जीवनशैलीलाई सुहाउने र स्वादमा सम्झौता गर्न नचाहने उपभोक्ताका लागि कोकाकोला जिरो सुगर अत्यन्तै उपयुक्त हुने बताए । नयाँ कोका–कोला जिरो सुगर ५०० मिलि र २५० मिलिमा नेपालभर उपलब्ध हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।