काठमाडौं– मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले गज्जबको डेली जीबी प्याकअन्तर्गत तीन विभिन्न प्याकमा २० देखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सार्वजनिक गरेको छ। गजब्बको डेली जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमबारदेखि लागु भएको छ।
गज्जबको डेली जीबी प्याकअन्तर्गतको क्यास ब्याक योजनाअन्तर्गत एनसेलका ग्राहकले ७ वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबी प्याक खरिदमा क्यास ब्याकको फाइदा लिन सक्छन्।
७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले करसहित मात्र १६९ मा सुचारु गर्न सक्छन्। यो प्याक सुचारु गर्ने ग्राहकले २० क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउनेछन्।
ग्राहकले करसहित २६९ मा ७ दिने समयसीमाको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्नेछन् । यो प्याक सुचारु गर्ने ग्राहकले ३० को क्यास ब्याकबाट फाइदा लिन सक्ने कम्पनीले बताएको छ।
लामो समयसीमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनसम्म दैनिक १ जीबी डेटा प्याक करसहित ५९९ मा सुचारु गर्न सक्छन्। यो प्याक चलाउने ग्राहकले ६० बोनस क्यास ब्याक पाउँछन्।
योजनाअन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन्। यो डेटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।