काठमाडौं– विगत केही दिनदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन। सिसडोल जाने पासाङ् ल्हामु राजमार्ग अन्तर्गतको जिरो माइल नजिकै छ किलोमिटर सडक मर्मत कार्य गर्नुपरेकाले फोहोर उठ्न नसकेको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए।
सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले अझै एक–दुई दिन फोहोर नउठ्ने उनको भनाइ छ। सडक निर्माण कार्यमा ठेकेदारले ढिलासुस्तीले गर्दा फोहोर उठाउन समस्या भइरहेको जनाइएको छ।
कालोपत्रे नगरी गाडी चलाउन नै नमिल्ने भएकाले कालोपत्रे सम्पन्न भएपछि मात्र फोहोर उठाउन थालिने डंगोलले बताए। अबको एक–दुई दिनमा कालोपत्रे सकिने र फोहोर उठाउन थालिने उनको भनाइ छ। डंगोलका अनुसार सिसडोलमा फोहोर फाल्ने विषयमा भने अहिले विवाद छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।