काठमाडौं– नेपालका लागि सुजुकी चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले पारिवारिक कार सेलेरियो सार्वजनिक गरेको छ।
यो कार सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार रहेको कम्पनीले दाबी गरेको छ। सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ खर्च, बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धिभारबाट केही राहत मिल्ने कम्पनीले जनाएको छ।
नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ।
सेल्स एन्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तले सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी रहेको बताए। ‘सेलेरियो नेपाली बजारमा रुचाइएको सवारी हो। राम्रो माइलेज दिने, सुरक्षा र धेरै फिचर रहेको छ। नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ’, उनले भने।
सेलेरियो भीएक्सआई २७ लाख ९९ हजार रुपैयाँ, सेलेरियो जेडएक्सआई २९ लाख ९९ हजार रुपैयाँ र सेलेरियो जेडएक्सआई प्लस ३१ लख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।