काठमाडौं- विभिन्न तीन देशका विदेश मन्त्रीहरुले यसै हप्ता युक्रेनको भ्रमण गर्ने भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार इस्टोनीया, लाट्भीया र लिथुनियाका विदेश मन्त्री युक्रेन जान लागेका हुन्।
युक्रेनलाई सहयोग र समर्थन गर्न ती देशका विदेश मन्त्रीहरु युक्रेन जान लागरेको लाट्भीयाको विदेश मन्त्रालयले जनाएको छ। लाट्भीयाका विदेश मन्त्री एड्गार्स रिन्केभीस्कले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूहरु युक्रेन भ्रमणमा जान लागेको पुष्टि गरे।
उनले आफूसँगै लिथुनिया र इस्टोनियाका समकक्षी पनि सँगै जान लागेको उल्लेख गर्दै मित्र राष्ट्रहरुको दायित्वअनुसार आफूहरुले भ्रमण गर्न लागेको स्पष्ट पारे। उनीहरुले आगामी बुधबार वा बिहीबार सुरु भइ शुक्रबारसम्म युक्रेनको भ्रमण गर्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ।
युक्रेनमाथी रुसले आक्रमण गर्न लागेको चर्चा चलिरहेका बेला उनीहरुले युक्रेनको भ्रमण गर्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।