• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले सांसदमा एमसीसीले उकुसमुकुस, ओली पनि सकसमा 

64x64
डिबी खड्का सोमबार, फागुन ९, २०७८  २१:१२
1140x725

काठमाडौं– फागुन ४ गतेको प्रतिनिधि सभा बैठकअघि एमालेका १२ जना भन्दा बढी सांसद सिंहदरबारस्थित संसदीय दलको कार्यालयअघि घाम तापिरहेका थिए। एमसीसी सम्झौता संसदमा टेबल हुने नहुने टुंगो लागिसकेको थिएन। पार्टीले एमसीसीको पक्ष वा विपक्षमा कहाँ उभिने टुंगो नलगाइरहेका बेला त्यसबारे खुलेर बहस गर्न सकस थियो। एमसीसीका सन्दर्भमा पार्टीको निर्णय नपर्खने मनसाय बनाइसकेका एमाले सांसद झपट रावल पनि त्यही हुलमा थिए। अरु भित्रभित्र उकुसमुकुस रहेका बेला विरोधमा उत्रिसकेका उनले माहोल एकपक्षीय बनाइदिए। त्यसपछि त्यहाँ रहेका सांसदहरु आ–आफ्नो कुरा राख्न थाले।

त्यही क्रममा केही सांसदले सुनाएको पीडा यस्तो थियोः
– कार्यकर्ता दिनदिनैजसो फोन र मेसेज गरेर एमसीसीको पक्षमा नउभिनुहोला भनिरहेका छन्। 
– मेरा कार्यकर्ताले त एमसीसीका पक्षमा मत हालेर गाउँ आइस् भने ज्युँदो फर्किदैनस् भनेका छन्।
– एमसीसीका पक्षमा उभिनुपर्‍यो भने त यसपालिको चुनाव जित्न मुश्किल हुन्छ। 
– पार्टीले ह्वीप लगाउनुहुँदैन, म त विपक्षमा भोट हाल्छु।

‘एमसीसीको विपक्षमा किन उभिने?’ भन्ने विषयमा एमाले सांसद भीम रावलले तयार पारेको ‘डकुमेन्ट’ हातमा लिएर बसेका थिए, झपट रावल। त्यो पढ्ने उत्सुकता एमाले सांसदमा जाग्यो। रावलले सवैलाई इमेलमा पठाए। त्यसको केही समयपछि अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किएका एमाले सांसदको समूह आइपुग्यो। तीमध्ये एकले त्यही माहोलमा अध्यक्ष ओलीसँगको भनाइ राखे। उनको भनाइ थियो, ‘अध्यक्षज्यूलाई पनि हाम्रा अधिकांश सांसद एमसीसीको विपक्षमा रहेको कुरा सुनाएका छौं। यसबारे उहाँले प्रतिक्रिया जनाउनुभएन।’

त्यही माहोलमा रहेका सांसदमध्येकी एक आशा बिकले आइतबार फेसबुकमै लेखिन्, ‘एमसीसी बझाङका जनताले नचाहेका कारण भोटको अपमान नगर्ने निर्णय।’ पार्टीले निर्णय नलिइसकेको अवस्थामा माहोल हेरेर एमाले सांसदहरुले व्यक्तिगत रुपमा निर्णय लिन थालेको यसले देखाउँछ। अध्यक्ष ओलीसँग विभिन्न विषयमा असहमति राख्दै आएका भीम रावलले संसदमा पार्टीको लाइन नै क्रस गरिसके। संसदमा अवरोध गर्ने एमालेको नीति उल्लंघन गर्दै उनले संसदमा एमसीसी विरुद्ध आफ्नो धारणा राखेका छन्। सांसदहरु घनश्याम भूसाल, दीपकप्रकाश भट्ट, कृष्णभक्त पोखरेललगायतले अनौपचारिक फोरममा एमसीसीको विपक्षमा धारणा राखिरहेका छन्।

ओलीको अभिव्यक्तिको अर्थ 
सत्ता गठबन्धनका पाँच दलको एकताका कारण राजनीतिको किनारमा परेका छन् एमाले अध्यक्ष ओली। एमसीसीले गठबन्धनमा अनेकता सिर्जना गरेको छ। त्यही अनेकतामा खेलेर राजनीतिको केन्द्रमा पुग्न खोजिरहेका छन् उनी। राजनीतिक दाउपेचको हतियार एमसीसीलाई बनाएका कारण ओलीले एमसीसीका विषयमा कित्ता क्लियर गर्न सकेका छैनन्। तर, त्यो विषयलाई इग्नोर गर्न पनि उनलाई सहज देखिदैन। सोमबार कालु पाण्डेको समाधिस्थलमा आयोजित एक कार्यक्रममा ओली ३४ मिनेट बोले। अघिल्लो ३० मिनेटसम्म एमसीसीलाई पन्छाए पनि । तर, सत्ता गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीको विरोध गर्ने क्रममा आइपुग्यो एमसीसी। 

nimb
nimb

उनले भने, ‘एमसीसी पास गर्ने ‘षड्यन्त्र’ गर्ने, टेबल गर्ने षड्यन्त्र गर्ने अनि आएर आफू चुप लागेर बस्ने मूर्ति झैं, पछाडिकोलाई नारा लगाऊ भन्ने। एकथरिलाई सडकमा जाउ भन्ने, अर्कोलाई सदनमा आउन भन्ने।’यहाँनेर उनले बोलेको अर्थ खोज्दा गोलमटोल छ। तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी टेबल र पास गराउने ‘षड्यन्त्रकारी’का रुपमा उनले चित्रित गरेका छन्। जसको अर्थ हुन्छ– एमसीसी संसदमा टेबल गर्ने र पास गर्ने काम गलत छ। एमसीसीमा एमाले अलमलिएको छ। ‘अलमल’ कायम राख्न उनले प्रसंग मोडे, ‘हामी यस्तोमा अलमलिनुहुँदैन। राष्ट्रियताका पक्षमा र शान्तिका पक्षमा उभिनुपर्छ।’  ओलीको यो ‘टोन’लाई पहिल्याउँदा एमाले एमसीसीको पक्षमा उभिने सम्भावना कम छ। सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई ओलीले प्रचण्ड र नेपालसँग सम्बन्ध विच्छेद नगर्दा आफूले जस्तोसुकै निर्णय गर्नसक्ने संकेत पनि गरेका हुन सक्छन्। 

विगतले दिँदैन विपक्षमा उभिन
अहिले राजनीतिक दाउपेचका रुपमा यसलाई प्रयोग गर्न खोजेपनि सरकारमा हुँदासम्म भने एमाले अध्यक्ष ओली प्रष्ट थिए। उनले पटक–पटक एमसीसी पास गर्ने प्रयास गरेका छन्। त्यसका पक्षमा अभिव्यक्ति दिएका छन्। तीमध्ये सवैभन्दा स्पष्ट २०७६ माघ १५ गते तत्कालीन नेकपाको अध्यक्षका रुपमा केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने क्रममा दिएका छन्। 

त्यो बेला ओलीले एमसीसी ‘अस्ति’ नै पारित हुनपर्नेमा अनावश्यक ढिलाई भएको बताएका थिए। उनले एमसिसी कुनै सैन्य वा इन्डोप्यासिफिक रणनीति नभएको दाबी समेत गरेका थिए। ‘यो नेपालको विकासका लागि नेपालको कानुने र स्वाभिमानभित्रै रहेर गरिएको सम्झौता हो,’ उनले भनेका थिए, ‘यो इन्डोप्यासिफिक रणनीतिसँग जोडिँदैन। हामी आफ्नो इन्ट्रेस्टका पक्षमा कुद्ने हो। अरुका निम्ति हामी कुद्ने होइन।’

उक्त सम्झौता २००४ मा सुरु भएको भन्दै उनले जनताको लगानी र लोकतान्त्रिक प्रणाली हुनुपर्ने उल्लेख नै रहेको ब्रिफिङ गरेका थिए। ‘जर्ज बुसले तानाशाहीलाई सहयोग गर्न सकिँदैन भनेका थिए। लोकतान्त्रिक देशलाई दिने २०१२ मा ५०० मिलियनसम्मको थ्रेस होल्ड अन्तर्गत नेपालले पाएको हो,’ उनले स्पष्ट पारेका थिए, ‘यो ठीकै बाटोतिर छ भनेर नेपाल आएको हो। २०७४ जेठ १८ मा शेरबहादुर देउवाले हस्ताक्षर गर्नुभएको थियो।’ खासै विवाद गर्नुपर्ने नभएको बताउँदै यसको सर्त विद्युत् विस्तार नै रहेको उनको दाबी थियो। 

एमसीसी यहाँसम्म आइपुग्न ओलीले महत्वपूर्ण भूमिका समेत खेलेका छन्। प्रधानमन्त्री शेरबहादर देउवाले एमसीसी संसदमा टेबल गरेका छन्। २०७६ असार ३० गते यसलाई संसद सचिवालयमा दर्ता ओली नेतृत्वकै सरकारले गरेको हो।  त्यति मात्रै होइन, ओली प्रधानमन्त्री भएकाले बेला सरकारले एमसीसी कम्प्याक्टको मस्यौदा गर्न प्राविधिक अनुदान स्वीकार गर्ने निर्णय गरेको थियो। यी भूमिकाका कारण पनि ओली एमसीसीको विपक्षमा उभिन नसक्ने नैतिक संकटमा छन्। 

आफू सरकारमा हुँदा पास गर्न जोडबल गर्ने ओलीलाई प्रतिपक्षमा रहँदा विरोध गर्न यही कारण अप्ठ्यारो परेको छ। निर्वाचनको मिति नजिकिदै गरेको अवस्थामा एमसीसीका पक्षमा खुलेर मत गुमाउन पनि ओलीले चाहेका छैनन्। विगतमा राष्ट्रियताको मुद्दालाई बलियो रुपमा उठाएर लोकप्रिय बनेका ओली त्यही कारण मौन छन्। राष्ट्रिय राजनीति मात्रै होइन, देशले नै यसलाई बहसको मुद्दा बनाइरहँदा संसदको सवैभन्दा ठूलो दल धारणाविहीन छ। 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  २१:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले शनिबार, भदौ १३, २०८३
अध्यक्षलाई अमर्यादित गालीगलौज गरेको आरोप, गुणराज लोहनी नेकपा बहुमतबाट निष्कासित पार्टी अध्यक्ष मण्डलको बैठकमा धर्मेन्द्र बास्तोलाको अध्यक्षतामा छलफल भइरहेका बेला अध्यक्षमाथि अमर्यादित ढंगले गालीगलौज गरेको उनीमाथि... शनिबार, भदौ १३, २०८३
लोककल्याणकारी विज्ञापनको संशोधित कार्यविधि, स्थानीय पत्रिका बन्द गर्न खोजेको आरोप उक्त  कार्यबिधि स्थानीय पत्रपत्रिकालाई पूर्ण रूपमा बन्द गर्ने नियतबस आएको आरोप लागेको छ। शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
भोटेकोशी विपद्मा चीनको साथ : २० लाख डलरसहित सुरुङ उद्धारका लागि विज्ञका दुई टोली नेपाल आउँदै शनिबार, भदौ १३, २०८३
नेपाललाई सहयोग गर्न गृहमन्त्री शाहलाई भारतीय राष्ट्रिय कांग्रेसको पत्र शनिबार, भदौ १३, २०८३
बाढीले बगाएको सेफ फोडेर लाखौं चोरी गर्ने २९ जना पक्राउ शनिबार, भदौ १३, २०८३
बुद्ध एयरको राहत घोषणा : भाडा नबढाउनेदेखि राहत सामग्री निःशुल्क ढुवानीसम्म शनिबार, भदौ १३, २०८३
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्