• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २५, २०८३ Thu, Jul 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

त्यो ए डिभिजनकै ‘हाइप’ पाएको च्यासल, यो ‘बी’ डिभिजनमा झरेको च्यासल

64x64
दीप सुवेदी मंगलबार, फागुन १०, २०७८  ०७:०३
1140x725

काठमाडौं- ‘युवा टोली भएकाले धेरै अपेक्षा राखेका छैनौं। तर, जोशले भरिपूर्ण टोली छ। उत्तिकै उत्साहित पनि छौं। हाम्रो लक्ष्य शीर्ष ६ हो तर, ४ भित्र परेर सिजनको अन्त्य गर्ने हो,’ प्रि सिजनमा च्यासल युथ क्लबका तत्कालीन प्रशिक्षक बालगोपाल साहुखलले यस्तो भनेका थिए।  

तर, शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत १२औं चरणको खेलमा फ्रेन्ड्स क्लबसँग पराजित हुँदै च्यासल  ‘बी’ डिभिजनमा घटुवा भएको छ। यसको जवाफ दिन साहुखल सञ्चारकर्मीमाझ उपस्थित भएनन्। उनले च्यासलको प्रदर्शन खस्कँदै गएपछि बीचमै क्लब छाडिसकेका थिए। क्लब छाडेपनि उनले यो जानकारी न मिडियालाई दिए नसमर्थकलाई।  

उनले चार खेल बाँकी छँदै क्लब छाडेपछि लिन मान्सनले ‘टचलाइन’को जिम्मेवारी सम्हाले। तर, प्राविधिक निर्देशकको भूमिकामा रहेका मान्सनले फ्रेन्ड्सविरुद्ध फाइनल जस्तै ‘रेलिगेसन ब्याटल’मा च्यासललाई जोगाउन सकेनन्। 

‘बल पोसेसन’मा पकड जमाएपनि फ्रेन्ड्सविरुद्धको खेलमा गोल गर्न नसक्दा जीत हात पार्न नसकेको मान्सनले स्वीकार गरे। ‘टोलीले कस्तो प्रदर्शन गर्छ भन्दा पनि खेलमा गोल गर्छ वा गर्दैन भन्ने कुराले फरक पार्छ, गोल गर्नुपर्छ। हामीले गोल गर्न सकेनौं। म एकदमै दुःखी छु। च्यासल रेलिगेसनमा परेको छ। म समर्थकहरुसँग माफी माग्न चाहन्छु,’ उनले भने।

२५ वर्षभन्दा लामो प्रशिक्षण करिअरमा सक्रिय मान्सनले भने जस्तै खेल जित्न खेलाडीले गोल गर्नै पर्छ। गत सिजन पनि फितलो प्रदर्शन गरेको च्यासलले गोल गर्न र खेल्न जित्नै भनेर इटालीमा फुटबल खेलिरहेका युवा खेलाडी विकास मिराग्लिायालाई अनुबन्ध गरेको थियो। उनको आगमनसँगै यो ‘हट टपिक’ मात्रै बनेन, नेपाली लिग व्यावसायिक्तातर्फ अगाडि बढेको ब्याख्या पनि हुनथाल्यो।  

विकास आफैं ‘डिबक्स’ बाहिरबाट लामो सट प्रहार गर्न र ‘फिनिसिङ’मा पनि उति अब्बल देखिएनन्। अरुमा भर पर्नुपर्ने देखिएपछि अन्य खेलमा विपक्षी खेलाडीले उनलाई ‘डिबक्स’ भित्र नै ‘मार्क’ गरे, खुलेर खेल्न दिएनन्।

विकास तिनै खेलाडी हुन् जो इटालीमा व्यावसायिक फुटबल खेलिरहेका थिए। उनले त्यहाँको यू–१६ राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। उनले इटालियन लिग सिरी ‘ए’ क्लब एटलान्टाको युथ टोलीबाटसमेत खेलेका थिए। उनको आगमनसँगै च्यासलका खेलाडीले परम्परागत नेपाली फुटबल शैलीभन्दा उनीबाट ‘युरोपेली शैली’ सिक्ने समर्थकहरुको आशा थियो। तर, उनी च्यासलका लागि सोचेअनरुप लाभदायी हुन सकेनन्।

इटालीमा ठूला टोलीविरुद्ध गोल गरिसकेका विकासले शीर्ष डिभिजनको लिगको १२औं चरणसम्म पनि गोलको खडेरी तोड्न सकेनन्। ‘असिस्ट’ गर्नु त परकै कुरा हो। हुन पनि च्यासल पहिलो खेलमै छिमेकी थ्रीस्टार फुटबल क्लबसँग ३–० ले पराजित भयो। थ्रीस्टारविरुद्ध पेनाल्टीमा चुकेका विकासको प्रदर्शन पनि उस्तै हुन सकेन। 

nimb
nimb
Ncell 2
Ncell 2

पहिलो खेलमै पेनाल्टी ‘मिस’ गरेका सबैभन्दा बढी ‘हाइप’ पाएका विकासको खेल्ने शैली पनि ‘लिक’ भयो। उक्त खेलमा विकासले ‘लेफ्ट साइड’मा प्रहार गरेको ‘ग्रास बल’लाई थ्रीस्टारका गोलरक्षक प्रिसोले ‘डाइभ’ गर्दै सहजै जोगाए। विकासले यसरी नै पेनाल्टी हान्ने अभ्यास गरेको भिडियो त्यसअगाडि नै सामाजिक सञ्जालमा भाइरल थियो। 

उनको उक्त भिडियो हेरेका प्रिसोले सहजै निर्णय लिए र गोल हुन दिएनन्। हरेक फुटबल खेलाडीको आ–आफ्नो विशेषता हुन्छ। विकासको विशेषता भनेको ‘लेफ्ट विङ’बाट अन्य खेलाडीलाई बल पास दिएर गोलको मौका सिर्जना गर्ने हो। विकासले ‘अट्याकिङ थर्ड’मा बल दिने गर्छन्। तर, पहिलो खेलमै भर्खर १९ वर्ष पुगेका विकासको प्रहार निक्कै फितलो देखियो। 

उनी आफैं ‘डिबक्स’ बाहिरबाट लामो सट प्रहार गर्न र ‘फिनिसिङ’मा पनि उति अब्बल देखिएनन्। अरुमा भर पर्नुपर्ने देखिएपछि अन्य खेलमा विपक्षी खेलाडीले उनलाई ‘डिबक्स’ भित्र नै ‘मार्क’ गरे, खुलेर खेल्न दिएनन्।

आफ्नो खेल्ने शैली सबैलाई थाहा भएपछि आत्मबलसँगै विकासको खेल पनि खस्कँदै गयो। हुन त च्यासलले विकासलाई आफ्ना समर्थकलाई मैदानसम्म तान्ने कडीको रुपमा लिएको थियो। उनी नेपालमै जन्मिएको भएपनि पारिवारिक कारण इटाली पुगेका थिए। 

करिब १३ वर्षपछि जन्मभूमि फर्किएका विकासको खेल हेर्न समर्थक इच्छुक थिए नै। त्यसमाथि साफ च्याम्पियनसिपमा नेपाल बंगलादेशलाई हराउँदै फाइनल पुगेपछि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले उनलाई खोजेको र नेपाल ल्याएर खेलाउन लागेको भन्ने चर्चाले पनि उनको ‘क्रेज’ ह्वात्तै बढेको थियो। 

‘हाइहाइ’ पाएका प्रशिक्षकले नै त्यसो भनेको चर्चा चलेपछि उनलाई राष्ट्रिय टोलीमा देखिएको ‘फिनिसर’को कमी पूरा गर्ने खेलाडीको रुपमा समेत हेर्न थालिएको थियो। त्यसैले उनको खेल कस्तो हुन्छ र मैदानमा कस्तो गर्छन् भन्ने हेर्न समर्थकहरु आतुर थिए। त्यसैले सुरुआती खेलमा निकै दर्शक उनको खेल हेर्न पुगे। 

तर, उनी ‘ए’ डिभिजन लिग खेल्ने पक्का हुँदासमेत क्लबका प्रशिक्षक साहुखल उनलाई लिएर त्यति सन्तुष्ट भने थिएनन्। लिग सुरु हुनुपूर्व विकास अहिले नै लिग खेल्न तयारी अवस्थामा नरहेको भन्दै मैदान नउतार्ने निधो उनले गरिसकेका थिए। विकाससँग खेल्ने क्षमता रहे पनि टोलीमा उनको तालमेल नमिलेको र अनुभवको कमीसमेत रहेको उनको बुझाइ थियो। 

प्रशिक्षक साहुखल भन्थे, ‘उनलाई भाषाको समस्या छ। उनले बोलेको अन्य खेलाडीले बुझ्दैनन्। अरुले बोलेको पनि उनी बुझ्दैनन्। जसले गर्दा उनी संकेत अनुसार खेलिरहेका छन्। उनलाई ठूला लिगको अनुभव छैन। त्यसैले जति अपेक्षा थियो, त्यति उनले दिन सक्ने अवस्था छैन।’

विकासको कमजोरी थाहा भएपछि च्यासलका प्रशिक्षक र अन्य खेलाडीले त्यसलाई अर्को तरिकाबाट व्यवस्थापन गर्नुपर्ने हो। तर, कमजोरी थाहा पाएपछि प्रशिक्षक साहुखल र अन्य खेलाडीले मैदानमै तमासा मात्रै देखाएनन्, विकासलाई एक्लै छाडिदिए।

अपरिपक्व उमेर, त्यसमाथि सबैको असहयोग। उनी खेल्ने प्रयास गरिरहेका देखिन्थे। उनी अधिकांश खेलमा ‘पारापेट’मै चर्को आवाजमा सुनिने गरी पास माग्थे। तर, उनलाई कसैले पनि वास्ता गर्दैन थिए। त्यो क्रम शुक्रबारको खेलमा पनि नदोहोरिएको होइन। उनी ‘अट्याकिङ थर्ड’मा पास मागिरहेका थिए तर, उनलाई कसैले पनि वास्ता गरेनन्।

लिगको पाँचौं चरणमा रेलिगेसनमा झरेको च्यासल त्यसपछि माथि उक्लिन सकेन। प्रदर्शन पनि माथि जाने खाले रहेन। 

‘हामीमा एकता देखिएन। गोल पनि आफ्नै गल्तीमा खाइरह्यौं। सिजनभर नै खराब खेल्यौं। रेलिगेसनमा पर्नुमा हामी सबै जिम्मेवार छौं ,’ मान्सन भन्छन्। लिगको पाँचौं चरण अगाडि च्यासललाई रेलिगेसनको दबाब थिएन। च्यासल रेलिगेसन क्षेत्रभन्दा माथि नै थियो। भलै उसले लिगमा त्यतिबेला कमजोर देखिएको विभागीय टोली एपीएफमाथि मात्र जित निकालेको थियो। 

दोस्रो चरणको उक्त खेलमा एपीएफलाई १–० ले हराएर लय समात्न खोजेको च्यासललाई त्यसपछि भने गम्भीर धक्का लाग्यो। न्यूरोड टिम (एनआरटी)सँग १–१ को बराबरी, त्रिभुवन आर्मीसँग २–० को हार र लिगमा कमजोर देखिएको जावलाखेलसँग १–० को हार उसका लागि दुर्भाग्य मात्रै बनेन, रेलिगेसन क्षेत्रमा झार्न पनि प्रयाप्त बन्यो।

लिगको पाँचौं चरणमा रेलिगेसनमा झरेको च्यासल त्यसपछि माथि उक्लिन सकेन। प्रदर्शन पनि माथि जाने खाले रहेन। सातौं चरणदेखि रेलिगेसन टार्ने होड त्रिपक्षीय बन्यो। जुन च्यासलका लागि अर्को दुर्भाग्य बन्न पुग्यो। फ्रेन्ड्स र ब्रिगेड ब्वाइजसँगै ‘रेलिगेसन ब्याटल’मा भिडिरहेको च्यासल ‘गर वा मर’को स्थितिमा थियो। 

पुछारको च्यासलले ११औं चरणमा ब्रिगेड ब्वाइजसँग बराबरी खेलेपछि धरापमा परिसकेको थियो। फ्रेन्ड्ससँग शनिबार २–१ ले हारेपछि च्यासल एक खेलअघि नै रेलिगेसनमा पर्यो। यसले २०७२ मा ‘ए’ डिभिजन लिगको यात्रा तय गरेको च्यासलको तीन सिजनमै ‘ए’ डिभिजको रापताप एकै खेलले समाप्त पारिदियो। 

तर, यसको जिम्मेवार भने खेलाडीहरु नै भएको प्रशिक्षक साहुखलको भनाइ छ। उनले आफूलाई ढिला गरी च्यासलले प्रशिक्षकको भूमिका दिएको, सरसल्लाह नगरी खेलाडी भित्र्याएको र अनुभवहीन खेलाडी भित्र्याएको कारण क्लब रेलिगेसनमा परेको उनको तर्क छ। 

‘टोलीमा समस्या सुरुबाटै थियो। खेल बढ्दै जाँदा समस्या झन् झन् देखिँदै जान थाल्यो। प्रशिक्षक पहिला लिएर खेलाडी लिएको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘पुराना खेलाडी तीन जना मात्र थिए। धेरै खेलाडीमा अनुभवको कमी थियो। विदेशी पनि स्तरीय भएनन्। पछि खेलाडीहरू क्लब वा कोचको नियन्त्रणमै भएनन्, आफूखुसी खेल्न थाले।’ 

२७ वर्षको संघर्षपछि २०६४ सालमा च्यासल पहिलोपटक ‘सी’ डिभिजन लिगमा छनोट भएको थियो। त्यसको दुई वर्षपछि च्यासल ‘बी’ डिभिजनमा उक्लियो। त्यसयता निरन्तर ‘बी’ डिभिजन लिग खेल्दै आएको च्यासलको २०६९ मा पाँचौँ स्थानमा रहनु नै सबैभन्दा राम्रो नतिजा थियो। तर, २०७३ मा भने च्यासल युथ ‘बी’ डिभिजन च्याम्पियन हुँदै ‘ए’ डिभिजनमा उक्लियो।

क्लब रेलिगेसनको जोखिममा पर्दै जाँदा नेपाली लिगमा १०० गोल गर्ने पहिलो खेलाडीलाई अंग्रपंक्ति बलियो बनाउन जापानबाट नेपाल झिकाए। तर, संकटाविरुद्ध गोलरहित बराबरी र मनाङ मस्याङ्दी क्लबसँग ५–० गोलले पराजित हुँदा उनी निरास भएर जापान नै फर्किए।

२०७४ मा ‘ए’ डिभिजन लिग नै नभएपछि शीर्ष श्रेणीमा फुटबल खेल्ने च्यासलको व्यग्रता थप एक वर्ष लम्बियो। २०७५ मा च्यासलले पहिलोपटक ‘ए’ डिभिजन लिग खेल्यो। पहिलो सहभागिताबाट उत्साहित च्यासलले आक्रामक रूपमा खेलाडी तथा प्रशिक्षक अनुबन्ध गर्यो। 

त्यस सिजन च्यासलले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिसकेका राजुकाजी शाक्यलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। त्यतिबेलाका स्टार हेमन्त थापामगर, विमल घर्तीमगर, देवेन्द्र तामाङ, गौरव बुढाथोकी, अमिर श्रेष्ठजस्ता खेलाडी अनुबन्ध गरेर च्यासलले बलियो टोली बनाएको थियो। तर, लगानी अनुसार च्यासलले अपेक्षाकृत नतिजा भने निकाल्न सकेन। 

त्यस सिजन आठौं स्थानमा रहेर लिगको अन्त्य गर्यो। लिगका १३ मध्ये चार खेल जितेको च्यासलले चार खेलमा बराबरी खेल्यो। अघिल्लो सिजन पनि च्यासलमा नाम चलेका खेलाडीको कमी थिएन। तर, पनि च्यासलको प्रदर्शन अपेक्षाअनुरुप भएन। नवौं स्थानमा रहेर लिगको अन्त्य गरेको च्यासलले विगतको अनुभवबाट पाठ सिक्नुपर्ने थियो। 

हुन त फुटबल नामले खेल्ने होइन, सन्तुलित टोलीले खेल्ने हो। प्रशिक्षकको रणनीतिले खेल्ने हो। त्यसैले त्यहीअनुसार क्लबले लगानी गर्नुपर्ने थियो। क्लबले आफ्नो लक्ष्यलाई नै हेरेर योजना बनायो। त्यहीअनुसार खेलाडी अनुबन्ध गर्यो र प्रशिक्षकलाई निरन्तरता दियो। त्यसैअनुसार विकाससहित राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जन, कमल श्रेष्ठलाई पनि च्यासलले भित्र्यायो। चेतन चौधरी, विक्रम लिम्बू र अभिषेक लिम्बू जस्ता अनुभवी खेलाडी च्यासलको नजरमा परे।

अनुभव मात्रै होइन, फुटबल युवा खेलाडीको समिश्रणले पनि खेलिन्छ। यसमा दुई मत रहेन च्यासलको पनि। उसले एन्फा एकेडेमीमा उत्पादन भएका रक्षक मोहित गुरुङलाई पनि अनुबन्ध गर्यो। त्यसकारण टोली कमजोर नभएको प्रशिक्षक तर्क प्रशिक्षक साहुखलले त्यसबेला गरेका थिए। 

‘हामीले युवा र अनुभवी खेलाडीको मिश्रण गरेका छौं। विदेशी खेलाडीहरू पनि राम्रा छन्। उनीहरूको आगमनले टिम सन्तुलित बनेको छ,’ उनले लिग सुरु हुँदै गर्दा भनेका थिए, ‘यसअघि पनि हाम्रो टिम राम्रो नै थियो। यसपटक सन्तुलित बनेको छ।’

टोली कत्तिको सन्तुलित थियो भन्ने कुरा त दोस्रो जित निकाल्न नसक्नु र लिग नसकिँदै प्रशिक्षक टोली छाडेर भाग्नुले नै प्रष्ट बनाइसकेको छ। गत सिजन पनि उनको प्रशिक्षण त्यति प्रभावकारी देखिएको थिएन।

गत सिजन पनि साहुखलले नै टोलीको नेतृत्व गरेका थिए। उनकै भाइ सन्तोषले च्यासलको आक्रमणपंक्तिको जिम्मेवारी सम्हालेका थिए। सन्तोषसहित एसियन फुटबलको ‘पावर हाउस’का रुपमा रहेको जापानबाट च्यासलले तीन खेलाडी अनुबन्ध गरे। उनीहरु थिए, मिडफिल्डर जुन इचि ओजावा, हायातो वाकिनो र ताइगा नाकामुरा। 

हायातोले मंगोलियाको इर्चिम उलानबटारबाट खेलेका थिए। उनीसँग न्यूजिल्यान्ड, अस्ट्रेलिया, लिथुवानिया र जापानको तेस्रो श्रेणीको लिग खेलेको अनुभव थियो।  यता, ताइगो नाकामुरा जापानीज राष्ट्रिय यू–१५ टिमका कप्तानसमेत थिए। उनले लाओस प्रिमियर लिगमा लुआङप्रबङ युनाइटेडमा आवद्ध भएर खेलेका थिए। यता, इचि ओजावा गोयो एफसी मंगोलिया र लाओस लुआङ प्रवाङ एफसीका लागि खेल्थे। टोली बलियो पनि भयो तर, प्रशिक्षकको रणनीति सफल हुन नसक्दा च्यासलले यसमा मात खाएको हो।

यसपटक पनि प्रशिक्षक साहुखल यसमा सचेत नै थिए। त्यसकारण यसपटक च्यासलले जापानी खेलाडीको स्थानमा विकाससँगै भारतीय खेलाडी शेम मार्टन, कित्वा यानिक र मोउसा अवागानालाई अनुबन्ध गरेको थियो। यसका साथै ‘ब्याकप’ खेलाडीको रुपमा उनले आफ्नै भाइलाई राखेका थिए। 

क्लब रेलिगेसनको जोखिममा पर्दै जाँदा नेपाली लिगमा १०० गोल गर्ने पहिलो खेलाडीलाई अंग्रपंक्ति बलियो बनाउन जापानबाट नेपाल झिकाए। तर, संकटाविरुद्ध गोलरहित बराबरी र मनाङ मस्याङ्दी क्लबसँग ५–० गोलले पराजित हुँदा उनी निरास भएर जापान नै फर्किए। यसका साथै मोफसलका लिगमा सर्वाधिक गोल गर्ने कर्ण लिम्बुलाई पनि प्रशिक्षक साहुखलले आफ्नो अस्त्रको रुपमा प्रयोग नगरेका होइनन्। 

लिगको पाँचौ चरणपछि अनुबन्धित भएका कर्णले पनि बदलिइसकेको लिगमा खासै आफ्नो जादु देखाउन सकेनन्। हुन त त्यो बेलासम्म ढिला भइसकेको थियो। यसपछि प्रशिक्षक आफै बिरक्तिए र टोली नै भत्ताभुंग पारेर रेलिगेसनको दबाब रहेको बेला जिम्मेवारीबाट भागिदिए।

टोलीलाई मार्गनिर्देश गर्ने मुख्य भूमिका प्रशिक्षककै हो। लिग सकिँदासम्म साहुखला यो भूमिका निर्वाह गर्न त सकेनन् नै, ८औं खेलसम्म राम्रो रणनीतिकारको रुपमा समेत ‘टचलाइन’मा प्रस्तुत हुन सकेनन्। उनको प्रशिक्षणमा टोली आक्रमणमा मात्रै होइन, रक्षात्मक खेलमा समेत चुक्यो। र, क्लब रेलिगेसनमा पर्‍यो।

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोन मा प्रकाशित रिपोर्ट अनुसार एफबीआईले एएफएको अमेरिकाभित्र सञ्चालन भएका व्यावसायिक कारोबार र आर्थिक... बुधबार, असार २४, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्... मंगलबार, असार २३, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश अमेरिकाको डलास रंगशालामा सोमबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेका थिएनन्। तर इन्ज्... मंगलबार, असार २३, २०८३
ताजा समाचारसबै
विदेशी सम्बन्धनका कलेजका लागि नयाँ नियमावली, उत्कृष्ट एक हजार विश्वविद्यालयको सम्बन्धन अनिवार्य बुधबार, असार २४, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान बुधबार, असार २४, २०८३
सिभिल अस्पतालमा औषधि खरिदमा अनियमितता: ८ कर्मचारीविरुद्ध झन्डै ३ करोडको भ्रष्टाचार मुद्दा बुधबार, असार २४, २०८३
नागरिक एपमा जोडियो ‘फेस भेरिफिकेसन’ प्रणाली बुधबार, असार २४, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
यूएईकाे शारजाहबाट कराँची जाँदै गरेको पाकिस्तानी कार्गो विमान बेपत्ता बुधबार, असार २४, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्