प्रतिकात्मक तस्बिर।
काठमाडौं– बैतडीको पाटन नगरपालिका–३, डबरामा टिपर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ।
विद्यालयबाट फर्किरहेका सिगास माविका विद्यार्थीहरु बाटोमा भेटिएको खाली टिपर चढेर घरतर्फ लागेका थिए।
तर, टिपर बीचबाटोमै दुर्घटनामा परेपछि तीन विद्यार्थीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडी प्रमुख, डीएसपी रमेश पालले जानकारी दिए।
इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीयबासिन्दा घटनास्थल पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।