काठमाडौं- एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ।
विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको इरानी सरकारी टेलिभिजनले जनाएको छ।
स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ।
यस दुर्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।