काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेन रूसी राष्ट्रपति भ्लादमिर पुटिनका साथ युक्रेन संकटबारे समिटका लागि तयार भएका छन्। यस छलफलको प्रस्ताव फ्रान्सले गरेको थियो।
ह्वाइट हाउसले यदी रूस यूक्रेनमा हमला नगर्ने हो भने समिट सम्भव हुने जनाएको बीबीसीले उल्ल्ख गरेको छ। यस वार्तामा युरोपमा उत्पन्न सुरक्षा संकटलाई लिएर कयौं राजनीतिक समाधानको प्रस्ताव राख्न सकिने जनाइएको छ।
अमेरिकी जासुसी एजेन्सीको सूचना अनुसार रूस युक्रेनमाथि आक्रमणका लागि तयार छ। तर रुसले यसलाई अस्वीकार गर्दै आएको छ।
अमेरिकी राष्ट्रपति वाइडेनसँगको वार्ताको प्रस्ताव फ्रान्सका राष्ट्रपति इम्यानुएल मेक्रो र रूसी राष्ट्रपति पुटिनकाबीचमा फोनमा भएको कुराकानी पछि सार्वजनिक भएको हो। दुवै राष्ट्रपतिबीच तीनघण्टा छलफल भएको थियो।
मेक्रोले अमेरिकी राष्ट्रपति जो वाइडेनसँग पनि १५ मिनेट कुराकानी गरेका थिए।
फ्रान्सका राष्ट्रपति कार्यालयले सम्भावित समिटको विस्तृत बिहीबार अमेरिकी र रुसी विदेशमन्त्रीबीचको बैठकले तय गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।