काठमाडौं– नेपालमा १५० कोरोना संक्रमित अझैं पनि आईसीयू र भेन्टिलेटरमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयको आइतबारको तथ्यांक अनुसार देशभर १३६ कोरोना संक्रमितको आईसीयूमा र १४ को भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा १० जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन्। यसैगरी मधेस प्रदेशमा २ जना आईसीयूमा उपचाररत छन् भने बागमती प्रदेशमा ९७ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा उपचारत छन्।
गण्डकी प्रदेशमा ४ जना आईसीयूमा उपचाररत छन् भने लुम्बिनी प्रदेशमा १२ जना आईसीयूमा उपचाररत छन्। कर्णाली प्रदेशमा १ जना आईसियूमा उपचाररत छन् भने सुदुरपश्चिममा ९ जना आईसीयूमा उपचाररत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।