सुनसरी- मर्मत र निर्माणको अभावमा कोशी पुलको अवस्था दिनहुँ नाजुक बन्दै गइरहेको छ। करिब १ हजार १ सय ७५ मिटरको यो पुलमा अहिले सयभन्दा बढी ठाउँमा खाल्डाखुल्डी देख्न सकिन्छ।
पुलमा कैयौं ठाउँमा सिमेन्टका प्लेटहरु उप्किएका र भत्किएका कारण कोशी पुल नै कुरुप र नाजुक हुँदै गएको छ। तर पनि यसको मर्मत सम्भारमा भारतीय पक्ष उदासिन देखिन्छ। जसका कारण पुलमा यात्रा गर्नु जोखिमपूर्ण हुन थालेको छ।
भिडियो
कोशी नदीमाथि बनेको पुलको निर्माण १९६५ मा सम्पन्न भएको थियो। सन् १९५६ मा नेपाल र भारतबीच सम्झौता भएपछि बनेको यो पुलको मर्मत सम्भारको सम्पूर्ण जिम्मा भारतीय पक्षको हो।
कोशी बाँधमा ५६ वटा ढोका छन्। जसको सहायताले भारतले आवश्यकता अनुसार पानी लैजाने गरेको छ। उसले हिउँदमा पानी लैजाने र वर्षायाममा जम्मा गर्ने रणनीति अपनाउँदा नेपालमा बर्सेनी डुबानको समस्या देखिने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।