१. प्रतिनिधि सभाको आइतबारको बैठकमा टेबल भयो एमसीसी, एमसीसी टेबल गर्नु राष्ट्रघाती हो भनेर नारावाजी गर्नेलाई आफ्नै नेताविरुद्ध पनि नारा लगाउन कांग्रेस महामन्त्री थापाको चेतावनी । (प्रतिनिधि सभामा टेबल भयो एमसीसी)
२. एमालेले संसद् अवरोसँगै आफ्ना कुरा पनि राख्यो, दलीय सहमति विपरीत रावललाई बोल्न दिएकोप्रति एमालेको आपत्ति, तत्काल एमसीसीबारे धारणा नबनाउने स्पष्टोक्ति । (एमालेको आपत्ति)
३. विवाद र बिरोधकाबीच सरकारले एमसीसी सम्झौता टेबल गरेको सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको वक्तव्य, विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि दमन भएकोप्रति आपत्ति । (प्रचण्डको वक्तव्य)
४. चीनले आफ्नो सैन्य विमानमा लेजर प्रकाश प्रयोग गरेको अस्ट्रेलियाको आरोप, मानव जीवनमाथि जोखिम निम्त्याउने सम्भावना रहेको उल्लेख, व्यावसायिक र असुरक्षित सैनिक व्यवहारको निन्दा । (अस्ट्रेलियाको आरोप)
५. र, सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेलको जितसँगै पुलिस, फ्रेन्ड्स र ब्रिगेड ब्वाइजलाई रेलिगेसनको दबाब, जितसँगै १३ अंक जोडेको जावलाखेल १०औं स्थानमा उक्लियो । (तीन क्लबलाई रेलिगेसनको दबा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।