• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

किन बन्छन् महिलाद्वेषी विज्ञापन?

64x64
धनु विश्वकर्मा बुधबार, फागुन ११, २०७८  ०७:१०
1140x725

काठमान्डौं- भारतीय फेसन ब्रान्ड सब्यासाचीले डिजाइन गरेको मंगलसुत्रको विज्ञापन केही महिनाअघि सार्वजनिक भयो। उक्त विज्ञापनमा मंगलसुत्र लगाएकी महिलाले ब्रा लगाएकी छिन् र पुरुषको छातीमा आफ्नो टाउको अड्याएकी छिन्। पुरुषले शरीरको माथिल्लो भागमा कुनै पनि कपडा लगाएको छैन।

हिन्दू परम्पराअनुसार विवाहित महिलाले मंगलसुत्र लगाउँछन्। तर, मंगलसुत्रको प्रचारका लागि महिलालाई ‘कामुक’ रूपमा प्रस्तुत गरिएको र हिन्दूको धार्मिक आश्था विपरीत भएको भन्दै विरोध भयो। विज्ञापन विवादमा परेपछि सब्यासाचीका मालिक सब्यासाची मुखर्जीले उक्त विज्ञापन ‘क्याम्पेन’ रोके।

तर, यस्ता खालका थुप्रै विज्ञापन छन्, जसले आफनो उत्पादन बिकाउन महिलालाई कामुक रूपमा प्रयोग गरिन्छ। अर्थात् महिलालाई ‘प्रदर्शन’ गरिन्छ। 

अचेल खेल प्रतियोगितामा पनि महिलालाई ‘प्रदर्शन’ गर्न थालिएको छ। विश्वकप क्रिकेट होस् वा इन्डियन प्रिमियर लिग (आईपीएल) अथवा अन्य देशका लिगहरू, बिकिनी लगाएका ‘चियर्स गर्ल्स’ पनि प्रशस्तै देख्न सकिन्छ। ‘प्रतियोगीलाई हौसला दिनका लागी’ उनीहरूलाई प्रयोग गरिएको स्पष्टीकरण पनि सुनिन्छ। 

कोकाकोलाले पनि आफ्नो पेय पदार्थ प्रवर्द्धनका लागि बनाएको विज्ञापनमा महिलालाई द्विअर्थी रूपमा प्रयोग गरेको छ। एउटा सुपर स्टोर काम गर्ने महिला ‘बिलिङ’ कक्षमा केही लेखिरहेकी हुन्छन्। त्यति बेलै आइपुगेका एक पुरुष कोकाकोला माग्छन्। ती महिलाले आफैँ लिन आग्रह गर्छिन्। पुरुषले कोकाकोला लिएर पिएको महिला सीसीटीभी क्यामराबाट हेर्छिन्। पुरुष जति कोक पिउँदै जान्छन्, महिला उति सन्तुष्ट भएको दृश्यमा देखाइन्छ। 

नेपाली विज्ञापनमा पनि यस्ता दृश्य प्रशस्त देख्न सकिन्छ। लिरिल साबुनको विज्ञापनमा महिला कलाकारलाई बिकिनीमा देखाइएको छ। प्रायः साबुन, स्याम्पु, सर्फजस्ता प्रसाधनका सामग्रीमा महिलालाई कामदारका रुपमा देखाइन्छ, जहाँ पुरुष र बालबालिकाले फोहोर गर्छन्।

ट्राफिक एफएममा बिहानै प्रायः बिहान एउटा विज्ञापन सुन्न सकिन्छ, जसमा गाडी चलाइरहेका पुरुषलाई उनकी श्रीमती बिस्तारै हाँक्न भन्छिन्। उनले भनेकी हुन्छिन्, ‘गाडी बिस्तारै चलाइस्यो।’

तर, श्रीमान झर्केर बोल्छन्, ‘अफिस जान ढिला भयो, थाहा छैन तलाईं?’ 

Ncell 2
Ncell 2
nimb
nimb

यहाँ पुरुष र महिलाले प्रयोग गर्ने भाषामा विभेद प्रष्ट सुनिन्छ। सम्मानपूर्वक बोलिरहेकी श्रीमतीप्रति श्रीमानको भाषा अपमानजनक सुनिन्छ।

के भन्छन् अधिकारकर्मी तथा सरोकारवाला? 
लेखक तथा सामाजिक अभियन्ता सरिता तिवारी पितृसत्ताले धानेको पुजीवादका कारण महिलाको शरीरलाई ‘वस्तुकरण’ गरिएको बताउँछिन्। ‘पितृसत्ता परम्परावादी मात्र नभएर पुजीवादी नाफातन्त्रको बजारमा यो आधुनिक पनि हुन्छ। आफनो वस्तु बिकाउन महिलालाई राम्री या ग्लामर देखाउँछ,’ उनी भन्छिन्।

बजारको उपभोक्ता प्रायः पुरुष हुन्छ। पुरुषलाई लोभ्याउन पितृसत्ताले महिलालाई वस्तुकरण गर्ने उनको भनाइ छ। कतिपय कलाकार भने अपवाद पनि छन्। भारतीय अभिनेत्री कंगना रनावत विज्ञापन खेल्दिनन्। तर, नेपालमा भने चलेका र लोकप्रिय ठहरिएका कलाकार नै विज्ञापनका लाग मरिहत्ते गर्छन्। चर्चित लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य विज्ञापनका लागि ‘हरिमत्ते’ गर्छन्।

घरेलु सामग्रीका विज्ञापनमा महिलालाई मात्र प्रयोग गरिन्छ। तर, चुरोटको विज्ञापनमा ‘साहसीको चाहना’ भन्दै पुरुषलाई देखाइन्छ। वियरको विज्ञापनमा बाइक ‘स्टन्ट’ गर्दै गरेको पुरुषलाई नै देखाइन्छ। ‘पुरुषलाई हिम्मतिलो र साहसी देखाउन विज्ञापनमा यस्ता दृश्य राखिन्छ। यो सबै पितृसत्तात्मक पुजीवादी चरित्र हो,’ तिवारीले भनिन्। 

राजनितिक अभियन्ता धनकुमारी सुनार पनि कुनै उत्पादन बिकाउन महिलालाई वस्तुकरण गरिएको बताउँछिन्। ‘विज्ञापन कम्पनीहरू महिलालाई वस्तु वा साधनका रूपमा प्रयोग गर्छन्। पुरुषले उपभोग गर्ने वस्तुमा महिलालाई प्रयोग गर्नु भनेकै महिलालाई वस्तुको रूपमा प्रस्तुत गर्नु हो,’ उनी भन्छिन्, ‘महिलालाई अर्धनग्न बनाउनुको पछाडिको कारण पुरुषवादी सोच नै हो। यस्ता विज्ञापनले महिला हिंसालाई झनै स्थापित गरेको छ।’

निर्देशक दिपेन्द्र लामा भने महिला पुरुष दुवैको सौन्दर्यलाई सदुपयोग गर्नु राम्रो भएको बताउँछन्। तर, विज्ञापनमा भने नियतबस नै महिला कलाकारलाई ग्लामर देखाइने उनी बताउँछन्। ‘तर, कुनै पनि कलाकारलाई कुनै विज्ञापन खेल्न जबर्जस्ती गरिँदैन। आफूलाई मन नपरेको वा वस्तुको रुपमा प्रयोग गरिएको विज्ञापनमा खेल्न महिला कलाकार स्वयंले अस्वीकार गर्नुपर्छ,’ उनी भन्छन्। 

विज्ञापन खिचिने स्थान, दृश्य, भेषभुषाबारे पहिला नै जानकारी दिइएको हुनाले कलाकारलाई आपत्ति लागे अस्वीकार गर्न सकिने उनको भनाइ छ। तर, कतिपयले पैसा र अवसरका लागि जुनसुकै विज्ञापनमा खेल्न मञ्जुर हुने गरेको उनी बताउँछन्।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक शनिबार, असोज ३, २०८३
महाधिवेशनअघि देउवा पक्षलाई समेट्ने गगनको अन्तिम प्रयास, भने– ‘१६ गते बिहानसम्म प्रयास गर्छु’ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्