काठमाडौं– ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४६ पुगेको छ। यहाँ गएको पाँच दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको समाचारहरमा उल्लेख छ। ब्राजिलका स्थानीय अधिकारीले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएका बताइएको छ।
हालसम्म पनि वर्षा जारी छ। यसबाट हजारौँ मानिस प्रभावित बनेका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। बर्षाका कारण सबैभन्दा बढी क्षति पेटोपोलिस सहरमा भएको यहाँका उद्धारकर्मीहरुले जानकारी गराएका छन्।
शनिबारसम्मा यो बाढीमा परेर कम्तीमा पनि १९१ जना हराइरहेका बताइएको छ। रियो डि जेनेरियोको उत्तरी क्षेत्रमा पनि बाढीले असर गरेको छ। यहाँ सन् १९३२ पछिको सबैभन्दा बढी वर्षा भएको छ। वर्षात्का कारण यहाँ मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ।
बाढी तथा डुबानका कारण करिब दर्जनौं घर क्षतिग्रस्त भएका र सयौं जनालाई विद्यालयहरूमा आश्रय दिइएको बताइएको छ।
विशेषज्ञहरूको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ। सन् २०११ को जनवरीमा भारी वर्षाका कारण यस क्षेत्रमा ९०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो। जसले गर्दा पेट्रोपोलिस र छिमेकी सहरहरू नोभा फ्रिबर्गो र टेरेसोपोलिसलगायतका ठूलो क्षेत्रमा बाढी र पहिरो गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।