काठमाडौं– गत साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेको थियो। अघिल्लो साता २८०१.५६ विन्दुमा बन्द भएको नेप्से गत साता ६९.०५ अंक घटेर २७३२.५१ विन्दुमा पुगेको थियो।
गत साता सेयर बजारलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा र एमसीसीले प्रभाव पारेको थियो। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा केके परिवर्तन हुने कुराले गत साताको बजार प्रभावित भएको थियो। यस साताको बजारलाई पनि यी दुई कुराले प्रभाव पार्ने देखिन्छ।
यस साता नेप्से परिसूचक उकालो लागेमा २९०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २५०० विन्दुमा टेवा पाउने विश्लेषकहरु बताउँछन्।
नेप्सेसँगै गत साता भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औसतमा ३ अर्ब ६४ करोडको सेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औसत भोल्यूम ५ अर्ब २० करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औसत भोल्यूम ३०.०४ प्रतिशत कम हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।