काठमाडौं- नेपालका ६० प्रतिशतभन्दा धेरैले नागरिकले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनूसार कुल जनसंख्याको ६० प्रतिशत भन्दा धेरैले नागरिकले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका हुन्।
विस २०७८ सालको जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेकोमा एक करोड ७६ लाख चार हजार पाँच सय २९ जनाले पूर्ण मात्रा खोप लगाएका हुन्। यस्तै कुल जनसंख्याको ७३ दशमलव एक प्रतिशतले कम्तीमा पहिलो मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा एकैदिन साढे सातलाख बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्। शनिबार स्वास्थ्य मन्त्रालयले ७ लाख ६९ हजार ५७६ जनाले कोरोनाविरुद्ध खोप लगाएको जनाएको छ।
पछिल्लो २४ घण्टामा खोप लगाएका र यस अघिको विवरण प्राप्त भएको समेत गरी थप सात लाख ६९ हजार पाँच सय ७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।