काठमाडौं- अमेरिकी अतियथार्थवादी कलाकार म्यान रेको एक तस्बिर सबैभन्दा महँगो मूल्यमा अक्सनमा राखिने भएको छ।
सन् १९२४ मा लिइएको श्यामस्वत (ब्ल्याक एण्ड ह्वाइट) तस्बिरमा महिलाको नग्न शरीर देख्न सकिन्छ। म्यान रेको सबैभन्दा प्रख्यात यो तस्बिर मे महिनामा अक्सनमा राख्न लागिएको छ।
यो तस्बिर ५० देखि ७० लाख अमेरिकी डलरमा अक्सनमा राख्ने तयारी गरिएको छ। क्रिस्टीज फोटोग्राफका अन्तर्राष्ट्रिय प्रमुख डारियस हिम्सले २०औं शताब्दीको सबैभन्दा उत्कृष्ट तस्बिर रहेको बताए।
‘यो आकर्षक अतियथार्थवादी तस्बिर हो,’ उनले भने,‘तस्बिरले पहुँच र प्रभाव, रोमान्टिक, रहस्यमय, रमाइलो र चञ्चललाई लगभग १०० वर्षदेखि सबैको दिमाग कब्जा गरेको छ। यो फोटोग्राफि अभूतपूर्व छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।