काठमाडौं- रुस र युक्रेनबीच बढ्दो तनावकाबीच लुहान्स्कमा शक्तिशाली विस्फोट भएको छ।
रुस समर्थित समूहको पकड रहेको पूर्वी युक्रेनको लुहान्स्कमा ग्याँस पाइप लाइनको एक भागमा विस्फोट भएको हो। उक्त विस्फोटपछि आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
लुहान्स्कसहित केहीक्षेत्रमा विस्फोटका घटना हुन थालेपछि युक्रेनले ती क्षेत्रका बालबालिका र महिलालाई अन्तै पठाउन सुरु गरेको छ।
यो घटनापछि अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसले युक्रेनमा आक्रमण गर्ने अन्तिम योजनामा रहेको बताएका छन्। अमेरिकी गुप्तचर निकायले गरेको विश्लेषण अनुसार रुसले युक्रेनको राजधानी किभलाई निसाना बनाउने देखिएको उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।