• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ११, २०८२ Thu, Nov 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गठबन्धन जोगाउन एमसीसीमा माधव नेपालको 'उदारता' के प्रचण्डको पूर्वसंकेत हो?

64x64
डिबी खड्का शनिबार, फागुन ७, २०७८  १९:०२
1140x725
बुधबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठक।

काठमाडौं– नेकपा एकीकृत समाजवादीको शनिबार बसेको बैठकले सत्ता गठबन्धन तोडिनेगरी पेचिलो बनेको एमसीसीमा आफूलाई ‘खुकुलो’ बनाएको छ। गठबन्धनको औचित्य कायम रहेको निष्कर्ष निकाल्दै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको अनुदान सम्झौतालाई संसद्‌मा टेबल गर्ने निर्णय गरेको हो।

पार्टी निर्णयबारे जानकारी दिँदै महासचिव बेदुराम भूसालले आफूहरु एमसीसीका विषयमा संसद्‌मा बहस गर्न समेत राजी भएको रुपमा बुझ्नुपर्ने बताए। उनले भने, 'अहिले जस्तो छ त्यस्तैमा पास गर्ने कुरामा हामी तयार छैनौं। छलफल अगाडि बढाउने क्रममा संसद्‌मा छलफल गर्न समेत तयार भएका हौं।'

समसामयिक राजनीति र एमसीसी गरी दुई अजेन्डामा स्थायी कमिटी केन्द्रीत भएको थियो। त्यसमा पनि एमसीसीमै धेरै छलफल भएको महासचिव भूसाल बताउँछन्।  

छलफलका क्रममा यसलाई ‘आर्थिक सहायता’का रुपमा स्वीकार गर्न सकिने अध्यक्ष माधव नेपालले बताएका छन्। पार्टी सचिव तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विशुद्ध आर्थिक सहायताका रुपमा यसलाई पार्टीले स्वीकार्ने कुरा बैठकमा भएको पुष्टि गरिन्। 

‘यसलाई इन्डोप्यासिफिक रणनीति वा कुनैसँग नजोडिकन विशुद्ध आर्थिक सहायतका रुपमा स्वीकार्ने नीति पार्टीले लिएको छ,’ झाँक्रीले भनिन्, ‘इन्डो प्यासिफिक रणनीति (आईपीएस)सँग नजोडिकन ग्रान्ट दिने कुरामा हाम्रो सहमति हुन्छ।’

बैठकमा विदेश नीति र परराष्ट्र सम्बन्धमा आँच आउन नदिनेगरी सहायता स्वीकार्दा कुनै फरक नपर्ने निचोड समेत निकालिएको थियो। 

'पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीति भित्रै रहनेगरी यसलाई अघि बढाउनुपर्‍यो,' बैठकको निष्कर्षमा भनिएको थियो, 'हाम्रो भूमिलाई कसैको विरुद्ध वा कसैको पक्षमा प्रयोग हुन नदिने कुरामा हामी प्रतिबद्ध छौं।'

गठबन्धन टुट्न नदिने प्रयास
समसामयिक राजनीतिका विषयमा छलफल गर्ने कुरामा गठबन्धन टुटाउन प्रतिपक्ष दल नेकपा एमाले सक्रिय भएको प्रसंग उठेको थियो।

Ncell 2
Ncell 2

एमसीसी संसद्‌मा समेत टेबल गर्न नदिने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको अडानलाई ओलीले हतियार बनाउन खोजेको बुझाइ नेताहरुले प्रस्तुत गरेका थिए। 

बैठकमा बोल्ने क्रममा एक स्थायी कमिटी सदस्यले भने, 'एमसीसीलाई हतियार बनाएर गठबन्धन टुटाउन खोजिँदैछ। यसमा केही लचिलो भएर त्यो प्रयास असफल पार्नुपर्छ।' त्यसपछि एमसीसी संसद्‌मा टेबल गर्ने कुरामा सहमति जुटेको हो। 

एमसीसी संसद्‌मा टेबल हुँदैमा पास भइनहाल्ने हुँदा त्यहीँ आफ्ना विचार प्रस्तुत गर्ने निर्णय एकीकृत समाजवादीको छ। महासचिव भूसाल भन्छन्, 'हाम्रा कुरामा पहिलेदेखि नै प्रष्ट छौं- यथास्थितिमा पास हुन सक्दैन। संसद्‌मा छलफल गर्ने क्रममा ती राख्छौं।'

सचिव झाँक्रीले एमसीसी संसद्‌मा टेबल गर्ने, पास वा फेल गर्ने त संसद्‌को सार्वभौम अधिकार रहेको निचोड पार्टीले निकालेको बताइन्। 
एमसीसी संसद्‌मा पुर्‍याउने कदमले गठबन्धनको औचित्य समेत पुष्टि गर्ने झाँक्रीको भनाइ छ। 

'लोकतान्त्रिक प्रणालीका पक्षमा संविधानको रक्षाका लागि वाध्यतापूर्वक बनेको गठबन्धन हो। यो कसैका चाहनाले होइन,' उनले भनिन्, 'यो लोकतान्त्रिक मूल्यका आधारमा बनेको गठबन्धन हो। एमसीसी पास वा फेल गर्ने त संसद्‌को सार्वभौम अधिकार हो भन्ने ठाउँसम्म पुग्दा पनि गठबन्धनको अपरिहार्यता पुष्टि हुन्छ।'

संसद्‌को सार्वभौम अधिकारका पक्षमा लडेर गठबन्धन बनाएकाले त्यसलाई सार्थक बनाउन पनि एमसीसी संसद्‌मा पुर्‍याउने कुरामा एकीकृत समाजवादीका 'हार्डलाइनर' सहमतिमा आएका थिए। 

गठबन्धनले एमसीसी संसद्‌मा टेबल गर्न रोक्ने अवस्थामा गठबन्धनकै माया मार्नुपर्ने निष्कर्षमा कांग्रेस पुगेको छ। गठबन्धनभित्रै रहेर कांग्रेसलाई माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीले अप्ठ्यारो पारिरहेको बुझाइ कांग्रेस नेताहरुको छ। कांग्रेस महामन्त्री गगन थापाले शुक्रबार कुरा नमिल्दा नमिल्दै गठबन्धन कायम राख्न नसकिने बताएका थिए। 

गठबन्धनले एमसीसीमा साथ नदिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिपक्षी दल नेकपा एमालेको साथ खोज्दै अध्यक्ष ओलीलाई भेट्न बिहीबार साँझ बालकोट पुगेका थिए। 

माओवादीको संकेत हो समाजवादीको निर्णय?
एकीकृत समाजवादी र माओवादी केन्द्रले एमसीसी संसद्‌मा टेबल गर्ने वा नगर्ने निर्णयका लागि प्रधानमन्त्री देउवासँग आइतबारसम्मको समय मागेको थिए। तर, माओवादीले भने शनिबारको बैठक सारेको छ। शीर्ष नेताहरुसँगको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफैं निर्णय लिनेछन्।

तत्कालीन नेकपा कालमा बनेको 'नेपाल-प्रचण्ड' जोडी गठबन्धनसम्ममा एकसाथ छ। तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्न एक ठाउँमा पुगेका उनीहरु त्यसपछि पार्टीका रुपमा अलग भएपनि अजेन्डाका रुपमा एकठाउँ छन्। 

गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेससँग वा यसका सभापति तथा प्रधानमन्त्री देउवासँग छलफल गर्न जानुअघि उनीहरु छुट्टै बैठक बस्छन् र समान धारणा तय गर्ने गर्छन्।

यस दृष्टिबाट शनिबार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको निर्णय प्रचण्डको पूर्वसंकेतका रुपमा समेत विश्लेषण गर्न थालिएको छ। एकीकृत समाजवादी पार्टीकी सचिव तथा शहरी विकास मन्त्री झाँक्रीले माओवादी पनि यहीँ आइपुग्ने बताएकी छिन्। 

'आजको निर्णयले नेकपा माओवादीसँग सम्बन्ध चाहिँ बिग्रन सक्छ नि होइन?' भनेर नेपाललाइभले गरेको प्रश्नमा सचिव झाँक्रीको आत्मविश्वासपूर्ण उत्तर थियो- 'केही पनि हुँदैन। टेबल गर्ने ठाउँमा उहाँहरु पनि आउनुहुन्छ। उहाँहरु आउनैपर्छ।'

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संसद्‌मा टेबल गर्ने कुरामा त्यति नकारात्मक छैनन् र 'आर्थिक सहायता'कै रुपमा स्वीकार्ने कुरामा पनि उनको असहमति छैन। त्यसैले उनले प्रधानमन्त्री देउवासँगै एमसीसीलाई पत्र लेखेर समय मागेका हुन्। तर, पार्टीभित्र केही हार्डलाइनर नेताहरु छन्, उनीहरुका कारण प्रचण्ड बाध्य छन्। एकीकृत समाजवादीको यो निर्णयले माओवादीभित्र पनि टेबल गर्ने कुरामा सहमति जुटाउन दबाब सिर्जना हुने विश्लेषण गर्न थालिएको छ।

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
फेरि सर्‍यो काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पटक पटक सर्दै आएको बैठक भोलि (मंसिर ११) गतेका लागि तय भएको थियो । बुधबार, मंसिर १०, २०८२
विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको उक्त सभामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्र... बुधबार, मंसिर १०, २०८२
रास्वपा र विवेकशील साझाबीच एकता हुँदै, आइतबार घोषणा हुने विवेकशीलको जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको ‘वैकल्पिक राजनीतिक दलबीचको बृ... बुधबार, मंसिर १०, २०८२
ताजा समाचारसबै
के हो स्ट्रेस इटिङ्ग? बिहीबार, मंसिर ११, २०८२
फेरि सर्‍यो काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार, मंसिर १०, २०८२
एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान बुधबार, मंसिर १०, २०८२
विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न बुधबार, मंसिर १०, २०८२
थाइल्यान्ड र मलेसियामा भीषण बाढी: ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ बुधबार, मंसिर १०, २०८२
एनपीएल-२ : विराटनगरको पहिलो हार, रञ्जितले लिए पाँच विकेट बुधबार, मंसिर १०, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्