• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गठबन्धन जोगाउन एमसीसीमा माधव नेपालको 'उदारता' के प्रचण्डको पूर्वसंकेत हो?

64x64
डिबी खड्का शनिबार, फागुन ७, २०७८  १९:०२
1140x725
बुधबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठक।

काठमाडौं– नेकपा एकीकृत समाजवादीको शनिबार बसेको बैठकले सत्ता गठबन्धन तोडिनेगरी पेचिलो बनेको एमसीसीमा आफूलाई ‘खुकुलो’ बनाएको छ। गठबन्धनको औचित्य कायम रहेको निष्कर्ष निकाल्दै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको अनुदान सम्झौतालाई संसद्‌मा टेबल गर्ने निर्णय गरेको हो।

पार्टी निर्णयबारे जानकारी दिँदै महासचिव बेदुराम भूसालले आफूहरु एमसीसीका विषयमा संसद्‌मा बहस गर्न समेत राजी भएको रुपमा बुझ्नुपर्ने बताए। उनले भने, 'अहिले जस्तो छ त्यस्तैमा पास गर्ने कुरामा हामी तयार छैनौं। छलफल अगाडि बढाउने क्रममा संसद्‌मा छलफल गर्न समेत तयार भएका हौं।'

समसामयिक राजनीति र एमसीसी गरी दुई अजेन्डामा स्थायी कमिटी केन्द्रीत भएको थियो। त्यसमा पनि एमसीसीमै धेरै छलफल भएको महासचिव भूसाल बताउँछन्।  

छलफलका क्रममा यसलाई ‘आर्थिक सहायता’का रुपमा स्वीकार गर्न सकिने अध्यक्ष माधव नेपालले बताएका छन्। पार्टी सचिव तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विशुद्ध आर्थिक सहायताका रुपमा यसलाई पार्टीले स्वीकार्ने कुरा बैठकमा भएको पुष्टि गरिन्। 

‘यसलाई इन्डोप्यासिफिक रणनीति वा कुनैसँग नजोडिकन विशुद्ध आर्थिक सहायतका रुपमा स्वीकार्ने नीति पार्टीले लिएको छ,’ झाँक्रीले भनिन्, ‘इन्डो प्यासिफिक रणनीति (आईपीएस)सँग नजोडिकन ग्रान्ट दिने कुरामा हाम्रो सहमति हुन्छ।’

बैठकमा विदेश नीति र परराष्ट्र सम्बन्धमा आँच आउन नदिनेगरी सहायता स्वीकार्दा कुनै फरक नपर्ने निचोड समेत निकालिएको थियो। 

'पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीति भित्रै रहनेगरी यसलाई अघि बढाउनुपर्‍यो,' बैठकको निष्कर्षमा भनिएको थियो, 'हाम्रो भूमिलाई कसैको विरुद्ध वा कसैको पक्षमा प्रयोग हुन नदिने कुरामा हामी प्रतिबद्ध छौं।'

गठबन्धन टुट्न नदिने प्रयास
समसामयिक राजनीतिका विषयमा छलफल गर्ने कुरामा गठबन्धन टुटाउन प्रतिपक्ष दल नेकपा एमाले सक्रिय भएको प्रसंग उठेको थियो।

nimb
nimb

एमसीसी संसद्‌मा समेत टेबल गर्न नदिने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको अडानलाई ओलीले हतियार बनाउन खोजेको बुझाइ नेताहरुले प्रस्तुत गरेका थिए। 

बैठकमा बोल्ने क्रममा एक स्थायी कमिटी सदस्यले भने, 'एमसीसीलाई हतियार बनाएर गठबन्धन टुटाउन खोजिँदैछ। यसमा केही लचिलो भएर त्यो प्रयास असफल पार्नुपर्छ।' त्यसपछि एमसीसी संसद्‌मा टेबल गर्ने कुरामा सहमति जुटेको हो। 

एमसीसी संसद्‌मा टेबल हुँदैमा पास भइनहाल्ने हुँदा त्यहीँ आफ्ना विचार प्रस्तुत गर्ने निर्णय एकीकृत समाजवादीको छ। महासचिव भूसाल भन्छन्, 'हाम्रा कुरामा पहिलेदेखि नै प्रष्ट छौं- यथास्थितिमा पास हुन सक्दैन। संसद्‌मा छलफल गर्ने क्रममा ती राख्छौं।'

सचिव झाँक्रीले एमसीसी संसद्‌मा टेबल गर्ने, पास वा फेल गर्ने त संसद्‌को सार्वभौम अधिकार रहेको निचोड पार्टीले निकालेको बताइन्। 
एमसीसी संसद्‌मा पुर्‍याउने कदमले गठबन्धनको औचित्य समेत पुष्टि गर्ने झाँक्रीको भनाइ छ। 

'लोकतान्त्रिक प्रणालीका पक्षमा संविधानको रक्षाका लागि वाध्यतापूर्वक बनेको गठबन्धन हो। यो कसैका चाहनाले होइन,' उनले भनिन्, 'यो लोकतान्त्रिक मूल्यका आधारमा बनेको गठबन्धन हो। एमसीसी पास वा फेल गर्ने त संसद्‌को सार्वभौम अधिकार हो भन्ने ठाउँसम्म पुग्दा पनि गठबन्धनको अपरिहार्यता पुष्टि हुन्छ।'

संसद्‌को सार्वभौम अधिकारका पक्षमा लडेर गठबन्धन बनाएकाले त्यसलाई सार्थक बनाउन पनि एमसीसी संसद्‌मा पुर्‍याउने कुरामा एकीकृत समाजवादीका 'हार्डलाइनर' सहमतिमा आएका थिए। 

गठबन्धनले एमसीसी संसद्‌मा टेबल गर्न रोक्ने अवस्थामा गठबन्धनकै माया मार्नुपर्ने निष्कर्षमा कांग्रेस पुगेको छ। गठबन्धनभित्रै रहेर कांग्रेसलाई माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीले अप्ठ्यारो पारिरहेको बुझाइ कांग्रेस नेताहरुको छ। कांग्रेस महामन्त्री गगन थापाले शुक्रबार कुरा नमिल्दा नमिल्दै गठबन्धन कायम राख्न नसकिने बताएका थिए। 

गठबन्धनले एमसीसीमा साथ नदिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिपक्षी दल नेकपा एमालेको साथ खोज्दै अध्यक्ष ओलीलाई भेट्न बिहीबार साँझ बालकोट पुगेका थिए। 

माओवादीको संकेत हो समाजवादीको निर्णय?
एकीकृत समाजवादी र माओवादी केन्द्रले एमसीसी संसद्‌मा टेबल गर्ने वा नगर्ने निर्णयका लागि प्रधानमन्त्री देउवासँग आइतबारसम्मको समय मागेको थिए। तर, माओवादीले भने शनिबारको बैठक सारेको छ। शीर्ष नेताहरुसँगको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफैं निर्णय लिनेछन्।

तत्कालीन नेकपा कालमा बनेको 'नेपाल-प्रचण्ड' जोडी गठबन्धनसम्ममा एकसाथ छ। तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्न एक ठाउँमा पुगेका उनीहरु त्यसपछि पार्टीका रुपमा अलग भएपनि अजेन्डाका रुपमा एकठाउँ छन्। 

गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेससँग वा यसका सभापति तथा प्रधानमन्त्री देउवासँग छलफल गर्न जानुअघि उनीहरु छुट्टै बैठक बस्छन् र समान धारणा तय गर्ने गर्छन्।

यस दृष्टिबाट शनिबार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको निर्णय प्रचण्डको पूर्वसंकेतका रुपमा समेत विश्लेषण गर्न थालिएको छ। एकीकृत समाजवादी पार्टीकी सचिव तथा शहरी विकास मन्त्री झाँक्रीले माओवादी पनि यहीँ आइपुग्ने बताएकी छिन्। 

'आजको निर्णयले नेकपा माओवादीसँग सम्बन्ध चाहिँ बिग्रन सक्छ नि होइन?' भनेर नेपाललाइभले गरेको प्रश्नमा सचिव झाँक्रीको आत्मविश्वासपूर्ण उत्तर थियो- 'केही पनि हुँदैन। टेबल गर्ने ठाउँमा उहाँहरु पनि आउनुहुन्छ। उहाँहरु आउनैपर्छ।'

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संसद्‌मा टेबल गर्ने कुरामा त्यति नकारात्मक छैनन् र 'आर्थिक सहायता'कै रुपमा स्वीकार्ने कुरामा पनि उनको असहमति छैन। त्यसैले उनले प्रधानमन्त्री देउवासँगै एमसीसीलाई पत्र लेखेर समय मागेका हुन्। तर, पार्टीभित्र केही हार्डलाइनर नेताहरु छन्, उनीहरुका कारण प्रचण्ड बाध्य छन्। एकीकृत समाजवादीको यो निर्णयले माओवादीभित्र पनि टेबल गर्ने कुरामा सहमति जुटाउन दबाब सिर्जना हुने विश्लेषण गर्न थालिएको छ।

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह ‘विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र... शुक्रबार, भदौ १२, २०८३
उद्धारको प्रतिक्षामा रहेका प्रत्येक नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने ‘ सरकार सवै नागरिकसम्म पुग्छ ’ उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको, हालसम्म ४,४५१ जनाको उद्धार गरिएको, नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा... शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
बाढी-पहिरो पीडितका लागि चौधरी फाउन्डेसनद्वारा १५ करोड बढीको सहयोग घोषणा शनिबार, भदौ १३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा भारी वर्षाको सम्भावना शनिबार, भदौ १३, २०८३
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्