काठमाडौं- क्यानडाको राजधानी ओटावामा प्रदर्शनकारी र प्रहरीकाबीच झडप भएको छ।
प्रहरीले पछिल्लो तीन हप्ताबाट जारी खोप विरोधी अभियान समाप्त गर्ने प्रयास गरिरहेको छ। यस क्रममा अहिलेसम्म १ सय प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।
सरकारले प्रदर्शन चर्कदै गएपछि आपतकालिन स्थिति लागू गरेको छ। प्रहरीले प्रदर्शनकारीलाई पछि हटाउन प्रयास गरेको छ।
शुक्रबार प्रहरीले बालबालिकालाई ढालको रुपमा प्रयोग गर्न एक प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ।
भिडियोहरुमा सयौंको संख्यामा प्रहरी अधिकारीहरु प्रदर्शन स्थलमा उपस्थित छ। प्रदर्शनकारीहरु भने सबैले लाइनमा उभिएर राष्ट्रिय गान गाइरहेको देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।