काठमाडौं– पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ९ हजार ९१ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने थप २ हजार ४५४ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।