काठमाडौं– सन् २००८ मा भारतको अहमदावादमा भएको सिरियल ब्लास्ट घटनाका ४९ दोषी मध्ये ३८ जनालाई फाँसीको सुनाइएको छ।
विशेष अदालतले ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ। २००८ मा अहमदावादमा सिरियल ब्लास्टमा परि ५६ जनाको मृत्यु भएको थियो। करिब २०० जना घाइते भएका थिए।
२६ जुलाई २००८ मा गुजरातको अहमदावाद शहरमा ७० मिनेटभित्र एकपछि अर्को गरि २१ वटा बम विस्फोट भएका थिए। श्रृंखलावद्ध उक्त बम विस्फोटनले भारतभरि आतंक फैलिएको थियो। यो धमाकाको जिम्मा इन्डियन मुजाहिद्दीन र हरकत अल जिहाद अल इस्लामी नामको चरमपन्थी संगठनले लिएको थियो।
गुजरात एटीएस अर्थात् आतंकवाद विरोधी दस्ताले धमाकामा संदिग्ध रहेका मुक्ति अबू बशीरसँगै ९ जनलाई पक्राउ गरेको थियो। २०१६ मा आठ वर्षपछि अर्का एक अभियुक्त नासिरलाई पनि पक्राउ गरिएको थियो।
घटनालगत्तै गुजरातको सुरेन्द्रनगर जिल्लामा तीन जनालाई पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा हुसैन इब्राहिम, हासिल मोहम्मद र अब्दुल कादिर रहेका थिए। अभियोगपत्रमा ५० जनालाई अभियुक्त बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।