काठमाडौं- अस्ट्रेलियाली सरकारले हमासलाई प्रतिबन्धित आतंकवादी संगठनको सूचीमा राख्ने भएको छ। अस्ट्रेलियाले पहिले २००३ मा हमासको अल-कसाम ब्रिगेड सैन्य शाखालाई आतंकवादी समूहको रूपमा सूचीबद्ध गरेको थियो। तर, अप्रिलमा लागू हुने नयाँ नियमले यसको राजनीतिक शाखासहित संगठनलाई पूर्ण रूपमा सूचीबद्ध गर्ने तयारी गरेको हो।
हमासका प्रवक्ता हाजेम कासिमले अस्ट्रेलियाली सरकारको यो निर्णयको कडा निन्दा गरेको छन्। यस कदमले इजरायलप्रति पूर्वाग्रहलाई स्पष्ट पारेको उनले बताएका छन्।
‘नियोजित कदमले इजरायली कब्जाको प्रतिरोध गर्ने र प्यालेस्टिनीहरूको अधिकारलाई संरक्षण गर्ने अन्तर्राष्ट्रिय कानुनको विरुद्ध छ,’ उनले भने।
हमासले २००७ देखि गाजा पट्टी चलाउँदै आएको छ र त्यसपछि इजरायलसँग लगातार युद्ध लडिरहेको छ। गत वर्ष मेमा गाजामा भएको ११ दिने इजरायली आक्रमणमा ६६ बालबालिकासहित कम्तिमा २४८ प्यालेस्टाइनीको मृत्यु भएको थियो भने अन्य १९०० भन्दा बढी घाइते भएका थिए।
गाजाबाट भएको रकेट आक्रमणमा इजरायलमा दुई बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।