काठमाडौं– आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार सम्पन्न बैठकले ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
उक्त लाभांश बीमा समितिको स्वीकृतिसँगै आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।