काठमाडौं– पछिल्लो २४ घण्टामा ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ९ हजार ७८९ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने थप १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार अहिले १६ हजार ६१६ सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।