काठमाडौं- भारत उत्तर प्रदेशको कुशीनगरस्थित नौरंगिया टोला गाउँमा भएको एक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। इनारमा खसेर उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मृत्यु भएका मध्ये ११ जनाको घटनास्थलमा र दुईजनाको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। मृत्युहुनेमा बालबालिका र महिला रहेका छन्। घटनामा परि घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
बुधवार राति विवाहमा सहभागी भएकाहरु इनारमा खसेको सरकारी अधिकारीहरूले बताएका छन्। पुरानो इनारमा ढाकिएको स्ल्याबमा बस्दा स्ल्याबले तौलले धान्न नसक्कि भाँचिइएपछि उनीहरु इनारमा खसेका थिए।
गोरखपुर क्षेत्रका एडिजी अखिल कुमारले घटना बुधबार राति करिब साढे ८ बजे कुशीनगरको नेबुवा नौरङ्गियामा भएको जानकारी दिएका छन्। घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने जिल्ला न्यायाधीशले बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारजनमा समावेदना प्रकट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।