काठमाडौं- अल-शबाब लडाकुहरूले सोमालियाको राजधानी मोगादिसुका प्रहरी चौकीहरुमा आक्रमण गरेका छन्।
अधिकारीहरूका अनुसार देशमा भइरहेको प्रदर्शनको बेला लडाकुहरुले प्रहरी चौकी र सुरक्षा चौकीहरूलाई निशाना बनाएर आक्रमण गरेका हुन्। सोमालियामा लामो समयदेखि ढिलाइ भइरहेको राष्ट्रपति निर्वाचनलाई लिएर प्रदर्शन भइरहेको छ।
राज्य टेलिभिजनले काहदा जिल्लाको प्रहरी चौकी र दारुसलम जिल्लाको प्रहरी चौकीमा आक्रमण भएको जनाएको छ। उक्त आक्रमणमा दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको बताइएको छ।
अल-कायदासम्बन्धित अल-शबाब समूहले सरकारविरुद्ध बारम्बार आक्रमणहरू गर्दै आएका छन्। गत हप्ता निर्वाचन अधिकारीहरू बोकेको एउटा मिनीबसमा आक्रमण गरेका थिए।
यता, समूहका सैन्य अपरेसनका प्रवक्ता अब्दियासिस अबु मुसाबले लडाकुहरूले मोगादिसुका चार जिल्ला र यसको बाहिरी क्षेत्रमा रहेको अर्को क्षेत्रमा आक्रमण गरेको बताए।
उनका अनुसार लडाकुहरूले सरकारी अड्डाहरू, सैन्य गाडी र हतियारहरू कब्जा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।