काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर ९५ हजार १ सय रुपैयाँ पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९४ हजार ६ रुपैयाँ रहेको छ। अघिल्लो दिन तेजावी सुन ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १२ सय ८५ रुपैयाँ पुगेको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।