काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंक बढेको छ।
मंगलबार ५३.३० अंक बढेर २७५४.२८ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ५.०८ अंक बढेर २७५९.३७ विन्दुमा पुगेको छ। यस दिन प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०१ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा १४ कम्पनीको २६ लाख ७८ हजार ५२ रुपैयाँ बराबरको ४ हजार ९२९ कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये १० कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।