• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन १७, २०८२ Sun, Mar 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चोलेन्द्रको निलम्बनसँगै खुल्यो अदालतको अवरोध, तर सहज छैन शुद्धीकरण 

64x64
नेपाल लाइभ मंगलबार, फागुन ३, २०७८  २०:२०
1140x725

काठमाडौं– करिब १०० दिनभन्दा बढी समयपछि सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्टं)मा सबै न्यायाधीश एकैठाउँ जम्मा भए। औपचारिक कुराकानी गरेर छुट्टिए। गत कात्तिक ८ गतेपछि पहिलोपटक सर्वोच्चका शतप्रतिशत न्यायाधीशहरुले फुलकोर्टमा भाग लिएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आइतबार सत्तारुढ दलका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि सोमबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा फुलकोर्ट बसेको थियो। औपचारिकता नदिइएको उक्त बैठकमा महाभियोगबारे खुलेर छलफल भएन।

न्यायाधीशहरुले यसअघि नै प्रधानन्यायाधीश राणालाई राजीनामा दिएर न्यायालय जोगाउन आग्रह गरिसकेकाले उनीहरुले महाभियोगलाई अप्रत्यासित कदमका रुपमा लिएनन्। बरु, उनीहरूले न्यायालयको शीर उठाउन अब चुनौती थपिएको महसुस गरे। न्यायालयको साख गिरेको र आममानिसले हेर्ने नजर नै परिर्वतन गर्नुपर्ने अवस्थामा पुगेको उनीहरुको साझा निष्कर्ष थियो। 

आगामी शुक्रबार फुलकोर्ट राखेर यसबारेमा विस्तृत छलफल गर्न न्यायाधीशहरुले कामु प्रधानन्यायाधीश कार्कीलाई सुझाव दिए। र, कार्की पनि त्यसमा सहमत भएको छलफलमा संलग्न एक न्यायाधीशले बताए। ‘पछिल्लो तीन महिनामा जे भयो, त्यो न्यायालयका लागि दुर्भाग्य थियो’, ती न्यायाधीशले भने, ‘अब आममानिसमा शंका रहेको न्यायालयको साख माथि उठाउने गरि काम गर्ने चुनौती आइपरेको छ।’ 

निलम्बित प्रधानन्यायाधीश राणा तत्कालका लागि सर्वोच्च अदालतबाट बाहिरिए पनि महाभियोग पारित नभएमा पुनः आउन सक्ने सम्भावना कायमै छ। तर पनि, न्यायालय सुधारका कामको थालनी गर्नुपर्ने सुझाव न्यायाधीशहरुले कामु प्रधानन्यायाधीश कार्कीलाई दिएका थिए।

करिब १ वर्ष कार्यकाल रहेका राणाविरुद्धको महाभियोगमा संसदले निर्णय गर्नका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ आवश्यक हुन्छ। राणाको महाभियोग पारित वा उनको राजीनामा नगरी सर्वोच्च अदालतको प्रधानन्यायाधीश पद रिक्त हुँदैन। यो अवस्थामा कामु प्रधानन्यायाधीश कार्कीले पूर्ण कार्यकालको जिम्मेवारी पाउने छैनन्। तर, कामु प्रधानन्यायाधीशको रुपमा न्यायिक गतिविधि सञ्चालनमा भने कुनै वाधा हुने छैन। विगतमा पनि कामु प्रधानन्यायाधीशले लामो समयसम्म अदालतको प्रशासनिकदेखि अन्य कार्य सम्हाल्दै आएका थिए। यही अभ्यासका कारण कार्कीलाई पनि काम गर्न रोकतोक हुनेछैन। 

प्रधानन्यायाधीश राणाको निलम्बनसँगै अब संवैधानिक इजलासदेखि विशेष अदालतसम्मको समस्या समाधान हुने आशा छ। 

न्याय परिषद्को अन्योल
न्याय परिषदको अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ। प्रधानन्यायाधीश राणा निलम्बनमा रहेको अवधिभर अब उक्त जिम्मेवारी स्वतः कामु प्रधानन्यायाधीश कार्कीको हुने छ। कार्कीले न्याय परिषद्को बैठक राखेर उजुरीदेखि अन्य कार्य गर्न सक्ने छन्। कात्तिक ८ गतेपछि पहिलोपटक गत साता प्रधानन्यायाधीशको रुपमा राणाले न्याय परिषद्को बैठक बोलाएका थिए।

Ncell 2
Ncell 2

परिषद्‌मा प्रधानन्यायाधीश अध्यक्ष, वरिष्ठतम न्यायाधीश सदस्य, प्रधानमन्त्री र नेपाल बारको सिफारिसमा एक-एक जना सदस्य र कानुन मन्त्री सदस्य रहने संवैधानिक व्यवस्था छ। राणाले बोलाएको बैठकमा उनी एक्लै मात्र उपस्थित भएपछि बैठक स्थगित भएको थियो। न्यायाधीशहरुको सरुवा, बढुवा, नियुक्ती लगायतको काम गर्ने परिषद् लामो समयदेखि निस्क्रिय रहँदै आएको थियो। परिषद्ले सिफारिस नगर्दा उच्च अदालतका १५ भन्दा धेरै न्यायाधीशको पद रिक्त छ भने जिल्ला अदालतमा ५ जनाको पद रिक्त छ। त्यस्तै, परिषद्मा परेको उजुरीमाथि पनि छानबिन हुन सकेको छैन। 

न्याय सेवा आयोगको अन्योल
पछिल्लो साता राणाले न्याय सेवा आयोगको बैठकबाट आफूलाई सक्रिय बनाउने कोसिस गरेका थिए। आयोगमा प्रधानन्यायाधीश अध्यक्ष, वरिष्ठ न्यायाधीश, कानुनमन्त्री, लोक सेवा आयोगको अध्यक्ष, महान्यायाधिवक्ता सदस्य हुने संवैधानिक व्यवस्था छ। न्याय सेवाका कर्मचारीहरुको सरुवा र बढुवामा सबैले साथ दिएपछि हौसिएका प्रधानन्यायाधीश राणाले जिल्ला न्यायाधीशको लोक सेवा आयोगले लिएको परीक्षाको नजिता प्रकाशन गर्ने प्रयास गरेका थिए। तर, अरु सदस्यले अस्वीकार गरेपछि उक्त बैठक पनि स्थगित भएको थियो। 

तर, राणाले फेरि पनि बैठक राख्न निर्देशन दिएका थिए। उक्त बैठकमा पनि आफूहरु उपस्थित हुन नसक्ने संकेत अरु सदस्यहरुले गरेका थिए। तर, अब राणा निलम्बनमा रहेपछि कामु प्रधानन्यायाधीश कार्कीले सेवा आयोगको बैठक सञ्चालन गर्न सक्ने छन्। आयोगले न्याय, कानुन र सरकारी वकिल सेवाका कर्मचारीको सरुवा, बढुवा र जिल्ला न्यायाधीशको परीक्षा सञ्चालन गर्ने काम गर्छ। जिल्ला अदालतका न्यायाधीशहरुको परीक्षा यसअघि सञ्चालन भई नतिजा प्रकाशन हुन बाँकी छ। राणाको निलम्बनसँगै नतिजा प्रकाशनको बाटो खुलेको छ। 

संवैधानिक इजलास 
प्रधानन्यायाधीश राणा विवादमा परेपछि सबैभन्दा धेरै प्रभावित भएको एउटा विषय हो संवैधानिक इजलासको सुनुवाइ। संविधानको व्याख्या गर्ने र प्रदेशदेखि स्थानीय तहसम्मको विवादमा सुनुवाइ गर्ने संवैधानिक इजलासमा करिब ४०० मुद्दा अलपत्र छन्। 

सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा सदस्य वामदेव गौतम, विभिन्न संवैधानिक निकायमा भएको नियुक्ती, नागरिकता विधेयक जस्ता महत्त्वपूर्ण विवाद यही इजलासमा विचाराधीन छन्। यी मुद्दाहरु संवैधानिक इजलासबाट सुनुवाइका लागि प्रधानन्यायाधीशसँग अरु न्यायाधीशहरुले इजलास नबस्ने निर्णय गरेका थिए। संवैधानिक इजलास गोलाप्रथा बाहिर परेको थियो। संविधानमा संवैधानिक इजलासमा प्रधानन्यायाधीश र प्रधानन्यायाधीशले तोकेका चार जना न्यायाधीश हुने व्यवस्था भएका कारण समस्या भएको थियो। प्रधानन्यायाधीश अनिवार्य हुनुपर्ने भएपछि मंसिर १५ गते फुलकोर्टले गोला प्रथाका लागि संवैधानिक इजलासलाई नपार्ने निर्णय गर्दै अन्य मुद्दाको हकमा लागू गरिएको थियो। अब राणा निलम्बनमा रहेसम्म उक्त इजलास कामु प्रधानन्यायाधीशले चलाउन सक्नेछन्।

विगतमा पनि कामु प्रधानन्यायाधीशले संवैधानिक इजलासको नेतृत्व गरेर मुद्दा फैसला गरेको इतिहास भएकाले अब उक्त इजलासमा रहेका मुद्दाहरु सुनुवाइ हुन सक्नेछन्। कामु प्रधानन्यायाधीश भएपछि कार्कीले संवैधानिक इजलास सञ्चालनबारे परामर्श पनि थालेका छन्। सम्भवतः शुक्रबार बस्ने फुलकोर्टमा यो विषयमा पनि छलफल हुनेछ।

विशेष अदालत र राजश्व न्यायाधीकरण 
प्रधानन्यायाधीश राणाले साउन १ गते विशेष अदालतका अध्यक्षसहित चार न्यायाधीशको सरुवा गरे। ललितानिवास प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादार १० लाख धरौटीमा रिहा भएलगत्तै यो कदम चालिएको थियो। हाल विशेष अदालतमा अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डे मात्र रहेका छन्। 

दुईदेखि तीन वटा इजलास सञ्चालन गर्दै आएको विशेष अदालतमा ललितानिवासदेखि अन्य महत्त्वपूर्ण मुद्दाहरु विचाराधीन छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गर्ने मुद्दा सुनुवाइ गर्ने महत्त्वपूर्ण अदालत सात महिनादेखि न्यायाधीशविहीन बनाउने काम राणाले गरेका थिए। अब छिटै न्याय परिषद्को बैठक राखेर कामु प्रधानन्यायाधीश कार्कीले उक्त अदालतमा अध्यक्षसहित अन्य सदस्य पूर्ति गर्न सक्नेछन्। 

त्यस्तै, राजश्वको विवाद सुुनुवाइ गर्ने राजश्व न्यायाधीकरण पनि लामो समयदेखि अध्यक्षविहीन छ। अध्यक्ष नहुँदा त्यहाँ इजलास नै सञ्चालन हुन सकेको छैन।

न्याय परिषद्को बैठकले उच्च अदालतको एक न्यायाधीशलाई तोक्न सिफारिस गरेमा न्यायाधीकरण पनि सञ्चालन हुनसक्ने देखिन्छ। न्याय परिषदको सिफारिसमा उक्त निकायहरुमा मन्त्रिपरिषद्ले जिम्मेवारी तोक्नुपर्ने संवैधानिक व्यवस्था छ। 

अदालतको शुद्धीकरण 
अहिले उठिरहेको सबैभन्दा ठूलो प्रश्न हो- अदालतको शुद्धीकरण। न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित न्यायालयको विकृति, विसंगति अध्ययन प्रतिवेदन कार्यान्वयनको ठूलो चुनौती अब कामु प्रधानन्यायाधीश कार्कीको काँधमा आएको छ। महाभियोगको टुङ्गो नलागेसम्म वा अन्य विकल्पबाट राणा नफर्केसम्म न्यायालयको नेतृत्व पाएका कार्कीलाई यसअघि आफैंले उठाउँदै आएका मुद्दाको काम सुरु गर्नुपर्ने छ। 

सर्वोच्च अदालतसहित देशभरका अदालतमा भइरहेको विचौलिया प्रवृत्ति, भ्रष्टाचार र न्यायपालिकामा हुने चलखेललाई रोक्न उनले आवश्यक कदम चाल्नुपर्ने छ। त्यस्तै, अदालतभित्र मैलाउँदै गएको ‘सेटिङ’ र न्यायको किनबेचलाई निस्तेज गर्न उनले बार र कर्मचारीको साथ लिएर अघि बढ्नुपर्ने छ। न्यायालयलाई छिटो छरितोका साथै विश्वासयोग्य समेत बनाउने चुनौती छ। 

सर्वोच्चका एक न्यायाधीशले नेपाल लाइभसँग कुरा गर्दै कार्कीलाई काम गर्न सहज भने नरहेको टिप्पणी गरे। राणा अहिले निलम्बित मात्र भएको र उनी फर्कन सक्ने सम्भावना पनि बाँकी नै रहेको अवस्थामा कार्कीले अदालतभित्र सकारात्मक कार्यको शुरुवात गर्नुपर्ने उनको सुझाव छ।

महाभियोग पारित हुने वा नहुने संसदीय प्रक्रियाको विषय भएको भन्दै ती न्यायाधीशले राणाका कारण भएको विकृति अन्त्य गर्नका लागि निकै समय खर्चिनुपर्ने बताए। न्यायालयको गरिमा समेत खस्केको र त्यसलाई उठाउन केही कदम चाल्नुपर्ने उनको भनाइ छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेले जुनसुकै समयमा पनि महाभियोग लगाउन सकिने भन्दै आएकाले ‘शीरमाथिको तरवार झैँ’ भएर काम गर्नुपर्ने अवस्था रहेको ती न्यायाधीशले बताए। 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मध्यपूर्वका नेपालीको सुरक्षा सुनिश्चित गर्न र्‍यापिड एक्सन टिम गठन
मध्यपूर्वमा तनाव बढेपछि बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक
खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित
सम्बन्धित सामग्री
मध्यपूर्वमा तनाव बढेपछि बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री कार्कीले केही बेरअघि सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आइतबार, फागुन १७, २०८२
झापा-५ मा ओलीको पक्षमा मत दिन योगेश भट्टराईको अपिल भट्टराईका अनुसार सो क्षेत्रमा ओलीको जित वा हार केवल एक उम्मेदवारको परिणाममा सीमित नहुने दाबी गर्दै उनले यसलाई राष्ट्रिय स्वाभिमान, न... आइतबार, फागुन १७, २०८२
नेता खड्काद्वारा पार्टीको पक्षमा मतदान गर्न आह्वान “यही फागुन २१ गते प्रतिनिधि सभाको २७५ सिटका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचन शान्तिपूर्ण र निष्पक्ष सम्पन्न हुनुपर्दछ, यसका लागि... आइतबार, फागुन १७, २०८२
ताजा समाचारसबै
मध्यपूर्वका नेपालीको सुरक्षा सुनिश्चित गर्न र्‍यापिड एक्सन टिम गठन आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा तनाव बढेपछि बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक आइतबार, फागुन १७, २०८२
खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित आइतबार, फागुन १७, २०८२
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै आइतबार, फागुन १७, २०८२
निर्वाचन आयोगले भन्यो -‘सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री फैलावट बढ्दो’ आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्