• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सत्तालाई ‘माझी औंला’ देखाउने चिनियाँ कलाकार

64x64
युवराज भट्टराई सोमबार, फागुन ९, २०७८  ०७:०५
1140x725

काठमाडौं– ‘उनीहरू स्वतन्त्रतासँग डराउँछन्। कला भनेको स्वतन्त्रताको प्रतीक हो।’

चिनियाँ कलाकार आई वाई वाईले नियमित दोहोर्‍याइरहने भनाइ हो यो। उनका लागि कला सोखको विषय मात्रै होइन। उनी कलालाई सत्ताविरुद्ध बोल्ने माध्यमको रूपमा लिन्छन्। वाई वाईको सबैभन्दा चर्चित कलाहरूमध्येमा पर्छ– सत्ताधारी/शक्तिशालीहरूलाई माझी औंला देखाइएका चित्रहरू। उनले आफ्नो माझी औंला देखाएर पृष्ठभूमिमा कुनै चर्चित र शक्तिशाली ठाउँ वा वस्तुलाई राखी तस्बिर लिने गरेका छन्। यी चित्रलाई ‘स्टडी अफ प्रस्पेक्टिभ’ नाम दिइएको छ।

वाई वाईले यो चित्र शृंखलामा अमेरिकाको प्रशासनिक निकाय ‘ह्वाईट हाउस’देखि न्युयोर्कस्थित ट्रम्प टावरलाई पनि माझी औँला देखाएर तस्बिर खिचेका छन्। त्यति मात्र नभइ सार्वजनिक स्थानमा राखिएको चीनका सर्वोच्च नेता माओत्सेतुङ्गको तस्बिरलाई पनि माझी औंला देखाएर फोटो खिचाएका छन्। संसारभर कुनै न कुनै रुपमा शक्तिको पक्षमा रहेका ठाउँ वा व्यक्तिहरूको तस्बिरसामुन्ने उनी ‘माझी औंला’ देखाउँछन्।

वाई वाईले यसरी नै एउटा ‘फोटोग्राफिक’ श्रृङ्खला पूरा गरे। उनले सन् १९९५ देखि २०१७ सम्म यो श्रृङ्खलालाई निरन्तरता दिए। कहिले मोनालिसाको तस्बिर सामुन्ने त कहिले अष्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउसअघि माझी औंला देखाए। उनले विश्वलाई नै माझी औंला देखाएर प्रश्न गरेका थिए, ‘आखिर दुनियाँ किन यस्तो बन्यो?’ यी सबै तस्बिरमा वाई वाईले देब्रे हात प्रयोग गरेका छन्।

चीनको उत्तर–पश्चिम क्षेत्रमा जन्मिएका वाई वाईको परिचय कलाकारको मात्रै नभएर अभियानकर्ताको पनि छ। उनी लोकतन्त्रको विरुद्धमा रहेको चिनियाँ शासन विरोधी अभियन्ता हुन्। मानव अधिकारको पक्षमा निरन्तर बोलिरहन्छन्। भ्रष्टाचारदेखि प्राकृतिक प्रकोपमा सरकारले गरेको कामबारे पनि बोल्छन्। उनी भन्छन्, ‘मलाई लाग्छ, एउटा कलाकार र क्रान्तिकारी (अभियानकर्ता) भनेको उस्तै हुन्। एउटा कलाकार भएपछि तपाईं क्रान्तिकारी पनि हुनुपर्छ। र मलाई लाग्छ, हरेक कलाहरू राजनीतिक हुन्छन्।’

वाई वाईका बाबु कवि हुन्। चीनमा सन् १९५७ देखि १९५९ सम्म चलेको दक्षिणपन्थी आन्दोलनका क्रममा उनको परिवारलाई हैलोङजिआङस्थित बैडाहुआङ क्षेत्रमा रहेको श्रम शिविर पठाइएको थियो। त्यति बेला वाई वाई एक वर्षका थिए। चिनियाँ सरकारले उनको परिवारमाथि दमन गरेको थियो। 

nimb
nimb

सन् १९६१ मा वाई वाईको जीवनमा अर्को घटना भयो। तत्कालीन शासकहरूले उनको परिवारलाई हैलोङजिआङबाट निकालिदियो। त्यसपछि उनीहरूको परिवार १६ वर्षसम्म सिनजियाङस्थित शिहेजीमा बस्यो। सन् १९७६ मा तत्कालीन चिनियाँ शासक माओत्सेतुङ्गको मृत्युपछि मात्रै उनीको परिवार बेइजिङ फर्किन पाएको थियो। 

सन् १९७८ मा वाई वाईले चीनको राजधानी बेइजिङमा रहेको ‘बेइजिङ फिल्म एकेडेमी’मा एनिमेसन पढे। त्यही वर्ष बनेको ‘अराजक’ र प्रयोगात्मक कलाकारको समूह ‘स्टार्स’को उनी सहसंस्थापक थिए।

एड्सविरुद्ध जनचेतना : कोटमा कन्डम
चीनबाट बाहिरी देशमा गएर पढ्न सुरुआत गर्ने विद्यार्थीमध्येकै थिए वाई वाई। सन् १९८१ देखि १९९३ सम्म अमेरिकामा पढ्ने मौका पाए। उनले युनिभर्सिटी अफ पेन्सिल्भानिया र क्यालिफोर्निया युनिभर्सिटीमा अंग्रेजी साहित्य पढेका थिए। केही समयसम्म उनले फेसन डिजाइन पनि अध्ययन गरे। उनको पकड रहेको कला क्षेत्रबारे उनले सन् १९८३ देखि १९८६ सम्म न्युयोर्कस्थित ‘आर्ट स्टुडेन्ट लिग अफ न्युयोर्क’मा अध्ययन गरे।

चिनियाँ शासकहरूको दमन सहेका र चीनभन्दा बाहिरी विश्वबारे अन्जान रहेका वाई वाईको जीवन सहज थिएन। अमेरिका पुगेपछि उनले आफ्नो अध्ययन छाडेर सडकमा बसी चित्रकला बनाउने काम पनि गरे। त्यति बेला उनले बनाउने फरक प्रकारका चित्र र तस्बिरले चर्चा पाउन थालेको थियो। 

वाई वाईको कलामा एउटा विशेषता छ। उनका धेरैजसो कलामा फालिएका वा काम नलाग्ने ठानिएका वस्तुहरूको प्रयोग हुन्छ। 

वाई वाईले सन् १९८६ मा एड्सविरुद्ध जनचेतनाका लागि अरुले भन्दा फरक किसिमको कला प्रस्तुत गरेका थिए। त्यो कलालाई ‘सेफ सेक्स’ नाम दिइएको थियो। आगो निभाउने अधिकारीहरू (फायरमेन)ले लगाउने लामो कोटमा उनले एउटा कण्डम टाँसे। त्यसलाई ह्याङ्गरमा राखेर कलाको रुपमा प्रस्तुत गरे। त्यति बेला न्युयोर्क शहर एड्सका कारण संकटमा थियो। उनको कलाले निकै चर्चा पायो।

उनले सन् १९९३ देखि २००० सम्म करिब चार हजार वटा बञ्चरोहरू जम्मा गरेर ‘स्टिल लाइफ’ नामक ‘इन्स्टलेसन आर्ट’ गरेका थिए। उनले चीनमा ढुंगे युगदेखि आधुनिक युगसम्म प्रयोग भएका बञ्चरोहरू जम्मा गरेका थिए। ६ हजार बीसीदेखि यताका बञ्चरोहरू भुईंमा बिछ्याइएका थिए। यो कलामार्फत वाई वाईले चीनको सामाजिक इतिहास प्रस्तुत गरेका थिए। 

चीनको सिङ्ग समुदायका भत्किएका मन्दिरका सामग्रीहरूको प्रयोगबाट वाई वाईले सन् २००५ मा ‘फ्रेग्मेन्टस्’ नामक कला सिर्जना गरे। यसमा मन्दिर भत्किएपछि जम्मा पारिएका फलाम र काठका सामग्रीहरूलाई जोडिएको थियो। अग्लो स्थानबाट हेर्दा यो कलात्मक सिर्जना चीनको नक्सा जस्तो देखिएको थियो। 

वाई वाईको जीवनको चर्चित दुई सिर्जनाहरू सन् २००८ मा चीनको सिन्चुहानमा आएको भूकम्पको सम्झनामा तयार गरिएका छन्। सन् २००८ देखि २०१२ सम्मको समय लगाएर उनले ‘स्ट्रेड’ नामक कला बनाए। यसमा एउटा ठूलो ग्यालरीमा स्टिलका रडहरू बिछ्याइएको थियो। उक्त सिर्जना बनाउन प्रयोग भएका रडहरू २००८ को भूकम्पको परिणाम थिए। सरकारले कमजोर संरचनामा बनाएका विद्यालय भत्किएपछि हजारौं विद्यार्थीको ज्यान गएको थियो। ती विद्यालयका रडलाई जम्मा गरेर उनले ‘स्ट्रेड’ निर्माण गरे। बांगिएका, चोइटिएका हजारौं रडले सरकारको लापरबाही र भूकम्पमा मृत्यु भएका अबोध बालबालिकाको सम्झना गरेको थियो।

भूकम्पकै कारण क्षति भएका सामग्रीहरूको प्रयोगबाट उनले बनाएको अर्को सिर्जना थियो, ‘रिमेम्बरिङ।’ भूकम्पमा परेर ज्यान गुमाएका बालबालिकाहरूको सम्झनामा उनले सन् २००९ मा यो कला सिर्जना गरेका थिए। उनले नौ हजार स्कुले बालबालिकाको झोला जम्मा पारेका थिए। विभिन्न रङका झोलाबाट उनले चिनियाँ अक्षरमा लेखेका थिए- ‘उनी सात वर्षसम्म यो पृथ्वीमा खुसीसँग बाँचिन्।’ यो वाक्य भूकम्पमा आफ्नी छोरी गुमाएकी एक महिलाको थियो। 

जसले विनाशलाई कलाको प्रतीक बनाए
वाई वाईको जीवनकै चर्चित र विवादास्पद एउटा सिर्जना हो, ‘ड्रपिङ अ हान डाइनेष्टी यर्न।’ हान समुदायको २०० वर्ष पुरानो एउटा भाँडोलाई लिएर यो सिर्जना गरिएको छ।

सन् १९९५ मा वाई वाईले तीन वटा तस्बिरहरू लिए। ब्ल्याक एण्ड ह्वाइटमा लिइएका यी तस्बिरले चिनियाँ कम्युनिष्ट पार्टी र माओको विचारमाथि व्यंग्य गरेका छन्। पहिलो तस्बिरमा हान समुदायको पुरानो भाँडो उनको हातमा देखिन्छ। दोस्रो तस्बिरमा भाँडो उनको हातबाट झर्दै गरेको छ। तेस्रोमा त्यो ऐतिहासिक भाँडो भुईंमा खसेर टुक्रा–टुक्रा भएको देखिन्छ।

उनको यो कलालाई धेरैले आलोचना गरेका थिए। २०० वर्ष पुरानो भाँडो उनका कारण फुटेको थियो। तर, वाई वाईका अनुसार यी तीन तस्बिर लिँदा एउटा नभई दुई वटा उस्तै र पुराना हान समुदायको भाँडो फुटेका थिए। पहिलो भाँडो खसाल्दा फोटोग्राफरले समयमा तस्बिर लिन नसकेपछि दोस्रो भाँडो फुटाउनु परेको थियो। 

विनासलाई कलाको माध्यमबाट प्रयोग गरिएको यो पहिलो पटक थिएन। आधुनिक चित्रकलाको इतिहासमा धेरै अघिदेखि नै ‘डिस्ट्रक्सन’ अर्थात् विनाशलाई कलाको माध्यमको रूपमा प्रयोग गरिदैं आइएको छ। तर, विनाशमार्फत कला सिर्जना गर्नु आफैंमा विरोधाभास छ।

सन् १९५० को दशकमा पहिलो पटक एमआईटीका इञ्जिनियर हारोल्र्ड एडगर्टनले विनाशलाई कलाको माध्यमको रूपमा प्रयोग गरेका थिए। त्यतिबेला अमेरिकाले आणविक हतियारको प्रयोग गरिरहेको थियो। भिजुअल आर्टमार्फत भिडियोको रुपमा एडगर्टनले दृश्यहरू खिचेका थिए। पछि ती दृश्यहरूले त्यो समयको कथा भने। तर, एडगर्टनको सिर्जनामा विनाश कुनै इतिहास वा कलाको विनाश भएको थिएन। बरु, भइरहेको कुनै विनाशको घटनालाई उनले कलाको रुपमा प्रस्तुत गर्ने जमर्को गरेका थिए। 

यस्तै, अर्को सिर्जना थियो जापानी संगितकार तथा कलाकार योको ओनोको। उनले सन् १९६५ मा ‘कट पिस’ नामक सिर्जना पस्किएकी थिइन्। यसमा उनी सबै सामुन्ने मञ्चमा बसेकी हुन्छिन्। दर्शकहरू आउँदै कैंचीले उनको शरीरमा भएका कपडाहरू काट्थे। उनको यो सिर्जनाले महिला यौनका लागि प्रयोग हुने वस्तु मात्रै होइन भन्ने सन्देश प्रवाह गरेको थियो। 

तर, सिर्जनाका लागि चलिआएका विनाशका माध्यमभन्दा फरक रुपमा वाई वाई प्रस्तुत भए। वाई वाई सन् १९६६ देखि १९७६ सम्म चीनमा भएको सांस्कृतिक क्रान्तिका क्रममा तत्कालीन शासक माओत्सेतुङ्गले मेटाउन खोजेका परम्परागत सम्पदाहरूबाट मोहित भएका थिए। उनले वर्षौ पुराना र ऐतिहासिक भाँडो फुटाउँदा मान्छेहरू नरिसाएका होइनन्। उनी भन्छन्, ‘म उनीहरूलाई माओ शासनकालका खराबहरू सम्झाउन चाहन्थे।’

‘नयाँ संसार निर्माण गर्ने एउटै उपाय भनेको पुरानोलाई नष्ट गर्नु हो,’ भन्ने माओको भनाई गलत भएको साबित गर्न उनले पुरानो र ऐतिहासिक भाँडो नष्ट गर्ने निधो गरेका थिए।

वाई वाई पटक पटक जेल गएका छन्। कैयौं पटक उनको स्टुडियोमा सरकारले हस्तक्षेप गरेको छ। उनी आफ्ना इन्स्टलेसन, फिल्म, फोटो, भिडियोमार्फत सरकारलाई प्रश्न गर्छन्। 

वाई वाई आफूले सरकारको विपक्षमा प्रचार गरेको र त्यसको एक मात्र कारण परिवर्तन चाहेको हाकाहाकी बताउँछन्। तर, चीनमा अहिले पनि उनले बोल्ने शब्दहरू खतरनाक मानिन्छन्। 

सन् २००८ मा चीनको सिन्चुहानमा गएको भूकम्पमा पनि उनले यस्तै भूमिका खेलेका थिए। सरकारले कति बालबालिका मरे भन्ने यकिन तथ्यांक सार्वजनिक रूपमा नबताउँदा उनले ‘नागरिक अभियान’को रुपमा आफूजस्तै मानवअधिकारको पक्षमा भएकाहरूलाई भेला पारेर सही तथ्यांक निकालेका थिए। उनले पाँच लाखभन्दा धेरै बालबालिकाको नाम जम्मा गरेर इन्टरनेटमार्फत सार्वजनिक गरिदिएका थिए।

‘म सत्तालाई गिराउन होइन, शासन परिवर्तन गराउन चाहन्छु,’ वाई वाई भन्छन्, ‘मलाई लाग्छ, सत्य लुकाउनु र जानकारी नदिनु भनेको नागरिकमाथि अधिनायकवादी शासन गर्न सबैभन्दा सजिलो र सहज उपाय हो।’

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
केरुङ विपत्तिको कारण नेपालतर्फको हिमनदी भत्किनु : चिनियाँ विदेश मन्त्रालय विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार भएको पत्रकार सम्मेलनमा चीनको केरूङ र नेपालमा आएको बाढीका विषयमा पत्रकारहरूले राखेका जिज्ञाशाको... शुक्रबार, भदौ १२, २०८३
चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार बेइजिङ समयअनुसार शुक्रबार दिउँसो १ः१३ बजे सो भूकम्प गएको हो । शुक्रबार, भदौ १२, २०८३
भोटेकोशीको बाढीलाई लिएर चीनका राष्ट्रपतिको बैठक, के भयो निर्णय ? चिनियाँ राष्ट्रपति सि जिनपिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को राजनीतिक ब्युरो बैठकले केरुङ क्षेत्रमा आएको बा... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
सिटीको सानदार जित शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोले सडक सञ्जाल प्रभावित, मुख्य राजमार्गमा राति आवागमन बन्द शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीमा ६ सय १६ जनाको शव फेला शनिबार, भदौ १३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, भदौ १३, २०८३
जितसहित सुखद् अन्त्य गर्ने लक्ष्य शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्