काठमाडौं– मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढैको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक मंगलबार ५३.३० अंकले बढेर दुई हजार ७५४.२८ पुगेको छ। यस्तै, सेन्सेटिभ परिसूचक पनि १०.८३ अंकले बढेर ५२२.१३ पुगेको छ।
आज कूल २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता सेयर तीन अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ मूल्यमा खरिद बिक्री भएका छन्। कारोबार भएका १३ वटै उपसमूहका सेयर मूल्य उकालो लागेका छन्।
बैंकिङ १४.५७, व्यापार ३९.०९, होटल तथा पर्यटन ४९.८२, विकास बैंक १२७.३५, जीवन बीमा १८७.०३, जलविद्युत् १३८.१२, वित्त ६५.६८, अन्य ७५.६३, लघुवित्त १४५.७६, निर्जीवन बीमा १८५, उत्पादन ३७.०८ सामूहिक लगानी कोष ०.०३ र लगानी २.२६ अंकले बढेको नेप्सेले जनाएको छ।
आज सबैभन्दा बढी हिमालयन डिष्टिलरीको कारोबार भएको छ। कम्पनीको २२ करोड ७७ लाख ३९ हजार ४९० मूल्य बराबरको कारोबार भएको छ। यस्तै, नशनल हाइड्रोपावर कम्पनीको १८ करोड ५३ लाख ९१ हजार ८४६, नेपाल दूरसञ्चार कम्पनीको १८ करोड २१ लाख ६४ हजार ९३७, अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्टको १३ करोड ५३ लाख ३९ हजार ६३७ र जीवन विकास लघुवित्त वित्तीय संस्थाको १३ करोड २८ लाख ७५ हजार ६३१ मूल्य बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज अधिकांश सामूहिक लगानी कोषका मूल्य घटेका छन्। एनआईसी एसिया ब्यालेन्स फण्डको मूल्य ३.१४ प्रतिशतले घटेको बजारमा, एनआईसी एसिया ग्रोथ फण्डको १.८६, सिटिजन्स म्युचल फण्ड–१ को १.५३, एनआईबीएल समृद्धि फण्ड–२ को १.४० र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको १.२६ प्रतिशतले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।