काठमाडौं- क्यानडामा सरकारले निकै कम मात्रै प्रयोग गर्ने कडा आदेश सोमबार जारी गरेको छ।
प्रधानमन्त्री जस्टिन ड्रुडोले ट्रक चालकहरूको आन्दोलन अन्त्यका लागि भन्दै आपतकालीन शाक्ति सरकारमा केन्द्रित गरेका हुन्।
ट्रक चालकहरूका लागि सरकारले कोरोनाको खोप सम्वन्धी नियमहरू लगाएपछि चालकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले सरकारको सर्त मान्न नसकिने अडान राख्दै केही दिनदेखि आन्दोलन गरिरहेका छन्।
ट्रक चालकहरुको आन्दोलनका कारण राजधानीको जनजीवन र यातायात सेवा नराम्रोसँग प्रभावित भएको छ।
आन्दोलनलाई नियन्त्रणमा लिन शुरुमा राजधानी शहरका मेयरले सङ्कटकाल घोषणा गरेका थिए। त्यो प्रभावकारी हुन नसकेपछि प्रधानमन्त्रीले नै सङ्कटकालसहितको विशेष आदेश जारी गरेका हुन्। यस्तो आदेश क्यानडाको इतिहासमै अहिलेको सहित दुई पटक मात्र जारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।