काठमाडौं– मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।
सोमबार ०.०८ अंक बढेर २७००.९८ विन्दुमा पुगेको नेप्से आजको सो सेसनमा २.३६ अंक बढेर २७०३.३५ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ११ कम्पनीको १६ लाख ४४ हजार ९९५ रुपैयाँ बराबरको २ हजार ९६५ कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये १० कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्य घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।