काठमाडौं- अमेरिका र बेलायतका नेताहरुले युक्रेन संकटलाई लिएर कूटनीतिक समाधानको आशा समाप्त नभएको बताएका छन्। तर उनीहरुले रुस र युक्रेनबीचको सम्बन्ध नाजुक बनेको बताएका छन्।
अमेरिकी राष्ट्रपति जो वाइडेन र बेलायती प्रधानमन्त्री बेरिस जोनसनले ४० मिनेट लामो टेलिफोन कुराकानीका क्रममा युक्रेनमाथि रुसी सैन्य कारबाहीको चेतावनीकाबीच सम्झौता सम्भव भएको निष्कर्ष निकालेका हुन्।
रूसले युक्रेनको सीमामा एक लाख सैनिक तैनाथ गरेको छ तर उसले आक्रमणलाई अस्वीकार गरेको छ।
सोमबार रुसका विदेशमन्त्रीले संकटको राजनीतिक समाधनको सम्भावना समाप्त नभएको बताएका थिए।
करिब १ दर्जन देशले आफ्ना नागरिकलाई तुरुन्त युक्रेन छाड्न भनेका छन्। कुनै पनि बेला युक्रेनमाथि हवाइ आक्रमण सुरु हुन सक्ने भन्दै उनीहरुले आफ्ना नागरिकलाई देश छाड्न भनेका हुन्।
अमेरिकाले आफ्ना देशका सबै नागरिकलाई युक्रेन छाड्न सल्लाह दिएको छ।
बेलायती प्रधानमन्त्री कार्यालाय डाउनिंग स्ट्रीटबाट जारी गरिएको विज्ञप्तिमा अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री बोरिस जोनसनले कूटनीतिका लागि एक महत्वपूर्ण मौका रहेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्री र राष्ट्रपतिले विश्वका नेताहरुलाई पछिल्लो अवस्थाबारे अवगत गराएका छन्। दुवै नेता सहमत छन् कि कूटनीतिक स्तरमा कुराकानीको अवसर अझ पनि बाँकी छ। रूसका लागि युक्रेनमा हमलाको योजनाबाट पछि हट्नेका लागि सम्भावना बाँकी छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।