काठमाडौं– बंगलादेशका विद्यालयहरू पुनः सञ्चालन गर्ने तयारी भएको छ। कोरोनाभाइरसको महामारी कम हुदै गएकाले विद्यालयहरू सञ्चालन गर्ने तयारी भइरहेको प्रधानमन्त्री शेख हसिनाले जानकारी दिइन्।
फेब्रुअरीको अन्त्यदेखि देशभरका सबै शैक्षिक संस्थाहरू सञ्चालन गर्ने तयारी भएको उनको भनाइ उद्धत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।
भौतिक रूपमा उपस्थित भएर अध्ययन गर्न नपाउँदा विद्यार्थीहरूले दिक्क मानेको, साथी तथा शिक्षकशिक्षिकालाई भेट्न खोजेको, कक्षाकोठा तथा विद्यालयमा रमाउन चाहेको पनि उनले बताएकी छन्।
देशभर खोप लगाएका विद्यार्थीहरूको सङ्ख्या, विद्यालयहरूको अवस्था, विद्यालय सञ्चालन गर्ने तरिकालगायतका विषयमा अध्ययन र छलफल भइरहेको जनाइएको छ।
बंगलादेश सरकारले पछिल्लो पटक यही फेब्रुअरी ३ देखि २० सम्मका लागि विद्यालय बन्द गर्ने समयावधि थप गरेको छ। पछिल्लो पटक थपिएको समयावधि सकिन एक हप्ता बाँकी हुँदा प्रधानमन्त्री हसिनाले अव भने म्याद नथप्ने सङ्केत गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।