१. एमाले बैठकः ‘काउन्टर’ महाभियोगबारे निर्णय गर्ने अधिकार नेतृत्वलाई, सांसदहरुको हस्ताक्षर गरेर राखियो, आवश्यक परेको ठाउँमा प्रयोग गर्ने उल्लेख, पाँच सांसदद्वारा खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार। (काउन्टर महाभियोगबारे एमाले)
२. संसद् सुचारु भयो भने अम्पायरको भूमिका निर्वाह गर्न तयार रहेको सर्वदलीय बैठकमा सभामुख सापकोटाको भनाइ, एमसीसी लगायत राष्ट्रिय महत्वका विषयमा दलहरुबीच सहमतिको आवश्यकता रहेको उल्लेख। ( सर्वदलीय बैठकमा एमाले अनुपपस्थित)
३. फागुन महिनाको लागि बैंक तथा वित्तीय संस्थाले बढाए ब्याजदर, अब वाणिज्य बैंकमै निक्षेपमा ११.३ प्रतिशत ब्याज पाइने, सबैभन्दा थोरै ब्याजदर दिनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक। (वित्तीय संस्थाले बढाए बचतको ब्याजदर)
४. बढ्दो तनावका बीच रुससँग वार्ता गर्ने युक्रेनको चाहना, रुसको योजनाबारे पारदर्शीता’ का लागि ४८ घण्टा भित्र छलफलको आह्वान, किभबाट सबै कर्मचारी फिर्ता बोलाउने अमेरिकाको तयारी। (रुससँग वार्ता गर्ने युक्रेनको चाहना)
५. र, टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो नेपाली क्रिकेटर बने सन्दीप लामिछाने, कुल २९ वटा टी–२० आई खेल्दा पाँचपटक विकेट विहीन। (सन्दीपको रेकर्ड)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।