काठमाडौं- भारतीय राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवका जेठा छोरा तथा बिहारका पूर्वमन्त्री तेजप्रताप यादवले आफ्नो लागि ‘वाई श्रेणी’को सुरक्षा माग गरेका छन्।
केन्द्रीय गृहमन्त्री तथा बिहारका प्रहरी महानिर्देशकलाई पठाएको पत्रमा तेजप्रतापले विगतमा पनि आफ्नो निवासमा असामाजिक तत्वले हताहट मच्चाएको र ज्यान मार्ने धम्कीसमेत दिएको बताएका छन् ।
यी सबै कुरालाई ध्यानमा राख्दै आफूलाई ‘वाई श्रेणी’को सुरक्षा दिन उनले पत्रमा आग्रह गरेका छन्। आइतबार साँझ पटनामा रहेको तेजप्रतापको सरकारी निवासमा केही व्यक्तिले झगडा गरेपछि हड्ताल भएको थियो ।
तेजप्रतापका निकटतम तथा युवा राजदका उपाध्यक्ष सृजन स्वराजलाई पनि दुर्व्यवहार गरेको आरोप छ। सृजनले आफूलाई पनि ज्यानमार्ने धम्की बताउँदै प्रहरी सुरक्षाको माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।