• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महाभियोगबाट तरंगित एमाले किन पुग्यो ‘अनिर्णय’मा?

64x64
डिबी खड्का सोमबार, फागुन २, २०७८  २०:४८
1140x725

काठमाडौं– सत्ता गठबन्धनलाई मुखेञ्जी जवाफ दिने निर्णय गर्न बसेको नेकपा एमाले संसदीय दलको सोमबारको बैठक ‘अनिर्णय’सहित उठ्यो। दल निर्णयमा पुग्न नसकेपछि प्रतिवाद कसरी गर्ने भन्ने टुंगोमा पुग्ने जिम्मेवारी पार्टीको केन्द्रीय नेतृत्वलाई दिइएको छ। 

आइतबार सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्ध हठात् महाभियोग प्रस्ताव दर्ता गरायो। प्रतिपक्षका लागि समेत अनपेक्षित उक्त घटनाले एमालेजनमा जुन म्याग्निच्युडको भूकम्प गएको थियो, त्यसले परकम्प पनि ठूलै ल्याउने आमअपेक्षा थियो। 

किनभने त्यसको संकेत आइतबार एमालेमा देखिएको तरंगले गरेको थियो। महाभियोगपछि एमालेको आकस्मिक रुपमा सचिवालय बैठक बस्यो र एमालेले संसदीय दलको बैठक पनि बोलायो। स्थानीय तहको निर्वाचन तयारीका लागि जिल्ला पुगेका सांसदहरुले ‘अनिवार्य’ उपस्थितिको निर्देशन पाए। त्यसबाट एमाले यो मामलामा ‘क्रिया बराबरकै प्रतिक्रिया’का लागि अघि बढेको दर्शाउँथ्यो।

एमालेका केही नेताहरुले समेत क्रियाको प्रतिक्रिया स्वाभाविक बताउँदै अन्य चार न्यायाधीशविरुद्ध पनि महाभियोग आउने संकेत गरेका थिए। यसअघि यही लाइनबाट एमालेले धम्क्याइरहेका कारण पनि अन्य चार न्यायाधीशले महाभियोग खेप्नुपर्ने सम्भावनाको निकट पुर्‍याएको थियो।

सोमबारको संसदीय दलको बैठकपछि एमाले ‘पर्ख र हेर’मा पुगेको छ। ‘हस्ताक्षरको हतियार’ तयार पारेर सत्ता गठबन्धनलाई ‘नत्र’ भनिरहने रणनीति लिएको छ।  

चोलेन्द्रको गुण गठबन्धनलाई बढी
एमाले तत्कालका लागि ‘काउन्टर महाभियोग’बाट पछि हटेको छ। पछि हट्नुको पहिलो कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको छवि र उनले गरेका निर्णयको विश्लेषण हो। 

सोमबार संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरुले राणालाई एमालेले बोक्नुपर्ने बलियो आधार नभएको बताएका थिए। पार्टीभित्रका 'प्रतिपक्ष' भीम रावल र घनश्याम भूसालले मात्रै होइन, ओलीनिकट नेताहरु महेश बस्नेत, गोकुल बास्कोटालगायतले समेत चोलेन्द्रको पक्षधरता एमालेले देखाउन नहुने धारणा राखेका थिए। 

राणाले एमालेलाई भन्दा बढी गुण सत्ता गठबन्धनलाई लगाएको उनीहरुको भनाइको आशय थियो। सांसदहरुले उठाएका कुराहरुको सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले ‘राणालाई बोकेर पनि नहिँड्ने र व्यक्ति विशेषमाथि आक्रमणका रुपमा मात्रै पनि नबुझ्ने’ रणनीतिमा एमाले अघि बढ्ने बताएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अुनसार राणाका विषयमा ओलीले भने, ‘उनका अनगिन्ति कमजोरी छन्। उनकै  नेतृत्वमा परमादेश दिँदा अदालत र राजनीति बिथोलिएको थियो। त्यसैले राणालाई व्यक्तिगत रुपमा बोकेर हिँड्न सकिँदैन।’

अदालतलाई अस्थिर बनाउने, निर्वाचन सार्ने र एमसीसी पास गर्ने रणनीति अन्तर्गत महाअभियोग आएकाले प्रतिवाद भने गर्नैपर्ने ओलीको भनाइ थियो। 'काउन्टर महाभियोग'ले चोलेन्द्रलाई बोकेको देखिने भएकाले तत्काल अघि बढ्न एमालेले मनासिब ठानेन। 

एमसीसीसँग जोडिएको आशंका
राणामाथि महाभियोग अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतासँग जोडिएको आशंका एमालेको छ। प्रमुख सचेतक भट्टराई भन्छन्, ‘अदालतलाई अस्थिर बनाउने, निर्वाचन सार्ने मात्रै होइन, एमसीसी पास गर्ने रणनीति अन्तर्गत महाभियोग लगाइएको हाम्रो बुझाइ छ।’

एमसीसीका विषयमा स्पष्ट धारणा तय नगरेको एमालेले यसलाई एमसीसी पास गर्ने ‘टुल्स’का रुपमा बुझेको छ। सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विरोधमा हुँदा यो संसद्‌मा टेबल हुन सकेको छैन। 

प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोगमा नेपाली कांग्रेसलाई राजी गराउन उनीहरुले एमसीसी संसद्‌मा टेबल हुन दिने सम्झौता गरेको समाचार सार्वजनिक भइरहेका छन्। एमसीसीका विरुद्धमा जनस्तरबाटै विरोध भइरहेकाले एमालेले त्यसको समर्थन गर्न नहुने मत सोमबारको संसदीय दलको बैठकमा समेत चर्को रुपमा उठेको छ। भीम रावल, घनश्याम भूसालहरु मात्रै नभइ ओली पक्षका सांसदरु पनि एमसीसी पास गर्न नहुने पक्षमा छन्। अधिकांश सांसदको भनाइ छ, ‘एमसीसीका विरुद्ध ठूलो जनमत छ। त्यसैले एमाले त्यसलाई बोकेर चुनावमा जान सक्दैन।’

एमसीसीमा अझै ‘पर्ख र हेर’मा रहेको एमालेको सोमबारदेखि ‘टोन परिवर्तन’ भएको छ। एमालेको ताजा भाषा छ, ‘एमसीसी सम्झौता नेपाली कांग्रेस र माओवादी केन्द्र  सरकारमा हुँदा भएको थियो। उहाँहरुले गरेको सम्झौताको अविछिन्न उत्तराधिकारी भएको नाताले हामीले संसद्‌मा टेबल गरेका थियौं।’

एमाले संसदीय दलका प्रमुख सचेतक भट्टराईको भाषा हो यो। ‘सत्ता गठबन्धन नै यस विषयमा एकीकृत धारणाका साथ प्रस्तुत हुन सकिरहेको छैन। उनीहरुका साझा धारणा नआउन्जेलसम्म पर्ख र हेरेको नीति लिइन्छ। अन्तिममा ‘राष्ट्रिय हित र जनताको पक्ष’मा उभिन्छ,’ उनले थपे। ‘राष्ट्रिय हित र जनताको पक्ष’ शब्दावली नै अहिले एमसीसी विरोधी जस्ता सुनिन थालेकाले पनि एमाले भोटकेन्द्रित रणनीतिमा अघि बढ्ने बुझ्न सकिन्छ।

त्यसअघि एमालेले कांग्रेससँग एक चरणको ‘बार्गेनिङ’ गर्नेछ। सोमबार संकलित हस्ताक्षर त्यही बार्गेनिङका लागि भएको विश्लेषण गर्न थालिएको छ। 

कसका लागि हस्ताक्षरको हतियार?
नेकपा एमालेले आफ्ना सांसदहरुको हस्ताक्षर गराएको छ। उसले त्यसलाई आवश्यक परेको ठाउँमा प्रयोग गर्ने पनि बताएको छ।

‘सम्पूर्ण सांसदहरुको हस्ताक्षर गरेर राखेका छौं। आवश्यक परेको ठाउँमा ती चिजहरुलाई उच्चस्तरीय नेतृत्वमा छलफल गरेर अगाडि बढाउने कुरा हुन्छ,’  सोमबार बसेको एमालेको संसदीय दलको बैठकपछि एमाले प्रमुख सचेतक भट्टराईले भनेका छन्।

चार न्यायाधीशविरुद्ध 'काउन्टर महाभियोग'लाई तपशिलमा राखेको एमाले त्यतैतर्फ अघि बढ्ने सम्भावना कायम छ। त्यसबाहेक अर्को विकल्पमा पनि एमालेमा कुरा चलिरहेको छ। त्यो हो, सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउने। एमालेकै सांसदको हस्ताक्षरले मात्रै महाभियोगको अर्थ छैन। त्यसैले एमसीसी पास गर्ने कुरामा कांग्रेससँग बार्गेनिङ गर्नसक्ने विश्लेषण हुन थालेको छ। 

कांग्रेस त्यो विकल्पमा तयार नभए एमसीसी फेल गराउने सम्भावना उच्च देखिन्छ। सोमबारको बैठकमा एमसीसी विरोधी मुद्दालाई लिएर एमाले चुनावमा जानुपर्ने सुझाव नेताहरुले अध्यक्ष ओलीलाई दिएका छन्। उनीहरुको भनाइ छ, ‘अहिले एमसीसी पास हुन दिनुहुन्न। कांग्रेसले जित्यो भने एमसीसी पास गर्छ भन्ने मुद्दा बनाएर चुनावमा जाँदा उपयुक्त हुन्छ।’

प्रमुख प्रतिपक्ष एमालेसँग वर्तमान व्यवहार कांग्रेसले दोहोर्‍याइरहे त्यही रणनीति एमालेले अख्तियार गर्ने बुझिएको छ।अहिलेलाई एमालेले महाभियोगको पात्रलाई भन्दा प्रवृत्तिलाई मुद्दा बनाएर अघि बढ्ने तयारी गरेको छ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवित उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्