• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ११, २०८२ Thu, Nov 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महाभियोगबाट तरंगित एमाले किन पुग्यो ‘अनिर्णय’मा?

64x64
डिबी खड्का सोमबार, फागुन २, २०७८  २०:४८
1140x725

काठमाडौं– सत्ता गठबन्धनलाई मुखेञ्जी जवाफ दिने निर्णय गर्न बसेको नेकपा एमाले संसदीय दलको सोमबारको बैठक ‘अनिर्णय’सहित उठ्यो। दल निर्णयमा पुग्न नसकेपछि प्रतिवाद कसरी गर्ने भन्ने टुंगोमा पुग्ने जिम्मेवारी पार्टीको केन्द्रीय नेतृत्वलाई दिइएको छ। 

आइतबार सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्ध हठात् महाभियोग प्रस्ताव दर्ता गरायो। प्रतिपक्षका लागि समेत अनपेक्षित उक्त घटनाले एमालेजनमा जुन म्याग्निच्युडको भूकम्प गएको थियो, त्यसले परकम्प पनि ठूलै ल्याउने आमअपेक्षा थियो। 

किनभने त्यसको संकेत आइतबार एमालेमा देखिएको तरंगले गरेको थियो। महाभियोगपछि एमालेको आकस्मिक रुपमा सचिवालय बैठक बस्यो र एमालेले संसदीय दलको बैठक पनि बोलायो। स्थानीय तहको निर्वाचन तयारीका लागि जिल्ला पुगेका सांसदहरुले ‘अनिवार्य’ उपस्थितिको निर्देशन पाए। त्यसबाट एमाले यो मामलामा ‘क्रिया बराबरकै प्रतिक्रिया’का लागि अघि बढेको दर्शाउँथ्यो।

एमालेका केही नेताहरुले समेत क्रियाको प्रतिक्रिया स्वाभाविक बताउँदै अन्य चार न्यायाधीशविरुद्ध पनि महाभियोग आउने संकेत गरेका थिए। यसअघि यही लाइनबाट एमालेले धम्क्याइरहेका कारण पनि अन्य चार न्यायाधीशले महाभियोग खेप्नुपर्ने सम्भावनाको निकट पुर्‍याएको थियो।

सोमबारको संसदीय दलको बैठकपछि एमाले ‘पर्ख र हेर’मा पुगेको छ। ‘हस्ताक्षरको हतियार’ तयार पारेर सत्ता गठबन्धनलाई ‘नत्र’ भनिरहने रणनीति लिएको छ।  

चोलेन्द्रको गुण गठबन्धनलाई बढी
एमाले तत्कालका लागि ‘काउन्टर महाभियोग’बाट पछि हटेको छ। पछि हट्नुको पहिलो कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको छवि र उनले गरेका निर्णयको विश्लेषण हो। 

सोमबार संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरुले राणालाई एमालेले बोक्नुपर्ने बलियो आधार नभएको बताएका थिए। पार्टीभित्रका 'प्रतिपक्ष' भीम रावल र घनश्याम भूसालले मात्रै होइन, ओलीनिकट नेताहरु महेश बस्नेत, गोकुल बास्कोटालगायतले समेत चोलेन्द्रको पक्षधरता एमालेले देखाउन नहुने धारणा राखेका थिए। 

राणाले एमालेलाई भन्दा बढी गुण सत्ता गठबन्धनलाई लगाएको उनीहरुको भनाइको आशय थियो। सांसदहरुले उठाएका कुराहरुको सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले ‘राणालाई बोकेर पनि नहिँड्ने र व्यक्ति विशेषमाथि आक्रमणका रुपमा मात्रै पनि नबुझ्ने’ रणनीतिमा एमाले अघि बढ्ने बताएका थिए। 

Ncell 2
Ncell 2

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अुनसार राणाका विषयमा ओलीले भने, ‘उनका अनगिन्ति कमजोरी छन्। उनकै  नेतृत्वमा परमादेश दिँदा अदालत र राजनीति बिथोलिएको थियो। त्यसैले राणालाई व्यक्तिगत रुपमा बोकेर हिँड्न सकिँदैन।’

अदालतलाई अस्थिर बनाउने, निर्वाचन सार्ने र एमसीसी पास गर्ने रणनीति अन्तर्गत महाअभियोग आएकाले प्रतिवाद भने गर्नैपर्ने ओलीको भनाइ थियो। 'काउन्टर महाभियोग'ले चोलेन्द्रलाई बोकेको देखिने भएकाले तत्काल अघि बढ्न एमालेले मनासिब ठानेन। 

एमसीसीसँग जोडिएको आशंका
राणामाथि महाभियोग अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतासँग जोडिएको आशंका एमालेको छ। प्रमुख सचेतक भट्टराई भन्छन्, ‘अदालतलाई अस्थिर बनाउने, निर्वाचन सार्ने मात्रै होइन, एमसीसी पास गर्ने रणनीति अन्तर्गत महाभियोग लगाइएको हाम्रो बुझाइ छ।’

एमसीसीका विषयमा स्पष्ट धारणा तय नगरेको एमालेले यसलाई एमसीसी पास गर्ने ‘टुल्स’का रुपमा बुझेको छ। सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विरोधमा हुँदा यो संसद्‌मा टेबल हुन सकेको छैन। 

प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोगमा नेपाली कांग्रेसलाई राजी गराउन उनीहरुले एमसीसी संसद्‌मा टेबल हुन दिने सम्झौता गरेको समाचार सार्वजनिक भइरहेका छन्। एमसीसीका विरुद्धमा जनस्तरबाटै विरोध भइरहेकाले एमालेले त्यसको समर्थन गर्न नहुने मत सोमबारको संसदीय दलको बैठकमा समेत चर्को रुपमा उठेको छ। भीम रावल, घनश्याम भूसालहरु मात्रै नभइ ओली पक्षका सांसदरु पनि एमसीसी पास गर्न नहुने पक्षमा छन्। अधिकांश सांसदको भनाइ छ, ‘एमसीसीका विरुद्ध ठूलो जनमत छ। त्यसैले एमाले त्यसलाई बोकेर चुनावमा जान सक्दैन।’

एमसीसीमा अझै ‘पर्ख र हेर’मा रहेको एमालेको सोमबारदेखि ‘टोन परिवर्तन’ भएको छ। एमालेको ताजा भाषा छ, ‘एमसीसी सम्झौता नेपाली कांग्रेस र माओवादी केन्द्र  सरकारमा हुँदा भएको थियो। उहाँहरुले गरेको सम्झौताको अविछिन्न उत्तराधिकारी भएको नाताले हामीले संसद्‌मा टेबल गरेका थियौं।’

एमाले संसदीय दलका प्रमुख सचेतक भट्टराईको भाषा हो यो। ‘सत्ता गठबन्धन नै यस विषयमा एकीकृत धारणाका साथ प्रस्तुत हुन सकिरहेको छैन। उनीहरुका साझा धारणा नआउन्जेलसम्म पर्ख र हेरेको नीति लिइन्छ। अन्तिममा ‘राष्ट्रिय हित र जनताको पक्ष’मा उभिन्छ,’ उनले थपे। ‘राष्ट्रिय हित र जनताको पक्ष’ शब्दावली नै अहिले एमसीसी विरोधी जस्ता सुनिन थालेकाले पनि एमाले भोटकेन्द्रित रणनीतिमा अघि बढ्ने बुझ्न सकिन्छ।

त्यसअघि एमालेले कांग्रेससँग एक चरणको ‘बार्गेनिङ’ गर्नेछ। सोमबार संकलित हस्ताक्षर त्यही बार्गेनिङका लागि भएको विश्लेषण गर्न थालिएको छ। 

कसका लागि हस्ताक्षरको हतियार?
नेकपा एमालेले आफ्ना सांसदहरुको हस्ताक्षर गराएको छ। उसले त्यसलाई आवश्यक परेको ठाउँमा प्रयोग गर्ने पनि बताएको छ।

‘सम्पूर्ण सांसदहरुको हस्ताक्षर गरेर राखेका छौं। आवश्यक परेको ठाउँमा ती चिजहरुलाई उच्चस्तरीय नेतृत्वमा छलफल गरेर अगाडि बढाउने कुरा हुन्छ,’  सोमबार बसेको एमालेको संसदीय दलको बैठकपछि एमाले प्रमुख सचेतक भट्टराईले भनेका छन्।

चार न्यायाधीशविरुद्ध 'काउन्टर महाभियोग'लाई तपशिलमा राखेको एमाले त्यतैतर्फ अघि बढ्ने सम्भावना कायम छ। त्यसबाहेक अर्को विकल्पमा पनि एमालेमा कुरा चलिरहेको छ। त्यो हो, सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउने। एमालेकै सांसदको हस्ताक्षरले मात्रै महाभियोगको अर्थ छैन। त्यसैले एमसीसी पास गर्ने कुरामा कांग्रेससँग बार्गेनिङ गर्नसक्ने विश्लेषण हुन थालेको छ। 

कांग्रेस त्यो विकल्पमा तयार नभए एमसीसी फेल गराउने सम्भावना उच्च देखिन्छ। सोमबारको बैठकमा एमसीसी विरोधी मुद्दालाई लिएर एमाले चुनावमा जानुपर्ने सुझाव नेताहरुले अध्यक्ष ओलीलाई दिएका छन्। उनीहरुको भनाइ छ, ‘अहिले एमसीसी पास हुन दिनुहुन्न। कांग्रेसले जित्यो भने एमसीसी पास गर्छ भन्ने मुद्दा बनाएर चुनावमा जाँदा उपयुक्त हुन्छ।’

प्रमुख प्रतिपक्ष एमालेसँग वर्तमान व्यवहार कांग्रेसले दोहोर्‍याइरहे त्यही रणनीति एमालेले अख्तियार गर्ने बुझिएको छ।अहिलेलाई एमालेले महाभियोगको पात्रलाई भन्दा प्रवृत्तिलाई मुद्दा बनाएर अघि बढ्ने तयारी गरेको छ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
फेरि सर्‍यो काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पटक पटक सर्दै आएको बैठक भोलि (मंसिर ११) गतेका लागि तय भएको थियो । बुधबार, मंसिर १०, २०८२
विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको उक्त सभामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्र... बुधबार, मंसिर १०, २०८२
रास्वपा र विवेकशील साझाबीच एकता हुँदै, आइतबार घोषणा हुने विवेकशीलको जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको ‘वैकल्पिक राजनीतिक दलबीचको बृ... बुधबार, मंसिर १०, २०८२
ताजा समाचारसबै
के हो स्ट्रेस इटिङ्ग? बिहीबार, मंसिर ११, २०८२
फेरि सर्‍यो काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार, मंसिर १०, २०८२
एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान बुधबार, मंसिर १०, २०८२
विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न बुधबार, मंसिर १०, २०८२
थाइल्यान्ड र मलेसियामा भीषण बाढी: ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ बुधबार, मंसिर १०, २०८२
एनपीएल-२ : विराटनगरको पहिलो हार, रञ्जितले लिए पाँच विकेट बुधबार, मंसिर १०, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्