काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ।
आज सोमबार बसेको सिफारिस समितिको बैठकले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको अर्थ मन्त्रालय श्रोतले जानकारी दिएको छ।
अब सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ। अध्यक्षका लागि १५ जनाको आवेदन परेकोमा छनोट तथा सिफारिस समितिले आइतबार पाँच जनालाई अन्तर्वाताका लागि बोलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।