काठमाडौं– महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
आईपीओ निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। आज एक कार्यक्रमका बीच उक्त सम्झौतामा महालक्ष्मी लाइफका सीईओ रमेशकुमार भट्टराई र क्यापिटलको तर्फबाट सीईओ भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।
कम्पनीले जारी पुँजी २ अर्बको ३० प्रतिशतले हुन आउने रकम ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर सर्वसाधारण (कर्मचारी समेतलाई) जारी गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।