काठमाडौं– चिनको राजधानी बेइजिङमा आइतबार भारी मात्रामा हिमपात भएको छ। आइतबारको सो हिमपातले यहाँ जारी शितकालिन ओलम्पिकसमेत प्रभावित पारेको बताइएको छ।
आलम्पिक हेर्न आएका विदेशी पाहुनालाई पनि सो हिमपातले सास्ती भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ। यहाँ आइतबार बिहानदेखि साँझसम्म नै हिउँ परेको बताइएको छ।
त्यस्तै यहाँको तापक्रम पनि माइनस ६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको थियो। बाटोभरि हिउँ थुप्रिएकाले त्यसलाई पन्छाउने काम जारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।