काठमाडौं- युक्रेनले आफ्नो सीमामा बढिरहेको तनावबारे रूस र एक प्रमुख युरोपेली सुरक्षा समूहका सदस्यहरुसँग बैठक बोलाएको छ। युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले रुसले सैन्य परिचालन गरेकोबारे कुराकानी गर्न आफूहरुको अनुरोधलाई वेवास्ता गरेको बताए।
उनले भने, 'हाम्रो आगामी कदम रूसको योजनाहरुको बारेमा पारदर्शिता' का लागि आगामी ४८ घण्टा भित्र बैठक गर्नुछ,हामीले छलफलका लागि अनुरोध गरेका छौं।'
रूसले युक्रेनसँगको सीमामा लगभग एक लाख सैनिक तैनाथ गरेको छ, तर रुसले युक्रेनमाथिको आक्रमणलाई अस्वीकार गर्दै आएको छ। तर केही पश्चिमा देशले रुसले सैन्य कारबाहीको तयारी गरेको चेतावनी दिइरहेका छन्। गत हप्ता अमेरिकाले रुसले युक्रेनमाथि कुनै पनि समयमा हवाई बमबारी गर्न सक्ने चेतावनी दिएको छ।
अमेरिकासहित लगभग दर्जनौं देशले आफ्ना सबै नागरिकलाई तुरुन्त युक्रेन छाड्न चेतावनी दिएका छन्। कतिपय देशले किभबाट कर्मचारी फर्ता बोलाउन थालेका छन्।
सीबीएस न्यूजका अनुसार आगामी ४८ घण्टाभित्र अमेरिकाले किभबाट आफ्ना सबै कर्मचारी बोलाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।