काठमाडौं- नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आएको छ।
बेलायतबाट कोभ्याक्स सुबिधाअन्तर्गत थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप प्राप्त भएको हो।
बेलायतले कोभ्याक्स सुविधाबाट २१ लाख ७४ हजार १६० डोज खोप पठाएको हो। जसमध्ये ८ लाख ६२ हजार ८० डोज खोप यसअघि नै आइसकेको छ।
बाँकी रहेको १३ लाख १२ हजार ८० डोज खोप आज काठमाडौं आइपुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।