काठमाडौं– नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले १९.५ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद लाभांश दिने भएको हो। कम्पनीले लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ।
कम्पनीको फागुन ३० गते अनलाइनको माध्यमबाट हुने सभाले लाभांशका साथैबोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको १०ः५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १३ गते एक दिन बुकक्लोज गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।