काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १७ अंक घटेको छ।गत बिहीबार ११.९६ अंक घटेर २८०१.५७ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १७.६८ अंक घटेर २७८३.८९ विन्दुमा झरेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.४१ अंक घटेको छ।
आइतबार प्रि ओपन सेसनमा ४६ कम्पनीको १ करोड ४५ लाख ५९ हजार ५४५ रुपैयाँ ८० पैसा बराबरको २० हजार ८१३ कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबारमा आउकामध्ये ५ कम्पनीको सेयरमूल्य बढेको छ भने ३४ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।